• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

झण्डै साढे आठ लाख नयाँ मतदाता थपिए

  •  नेपाल चौतारी
  • २०८२ मंसिर ७, आईतवार ०८:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    फागुन २१ को निर्वाचन घोषणा यता देशभर मतदाताको संख्या करीब साढे आठ लाखले बढेको छ । निर्वाचन आयोगका अनुसार पछिल्लो मतदाता नामावली संकलन सुरु अघि एक करोड ८१ लाख ६८ हजार मतदाता रहेकामा चुनाव घोषणापछि आठ लाख ३७ हजार ९४ जना मतदाता थपिएका हुन् । योसँगै देशभर मतदाताको संख्या एक करोड ९० लाख ५ हजार तीन सय २४ पुगेको छ ।

    चुनाव घोषणा गरेपछि मतदाता नामावली दर्ता रोक्ने व्यवस्था छ । तर जेनजी प्रर्दशनको जगमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अध्यादेश मार्फत कानुन परिवर्तन गरेर नामावली संकलन गरेको हो । यसपटक राष्ट्रिय परिचयपत्र प्रयोग गरेर निबेदन दिँदा बायोमेट्रिकका लागि कार्यालयमा जान नपर्ने व्यवस्था पनि गरिएको थियो । जसका कारण पनि नयाँ मतदाता सङ्ख्यामा उल्लेख्य बृद्धि आएको हो ।

    मतदाता नामावली दर्ताका लागि भौतिक रुपमै कार्यालयमा गएर फोटो खिचाउनेको सङ्ख्या तीन लाख ४४ हजार ९ सय १४ जना रहेको छ भने चार लाख ९२ हजार १ सय ८० जनाले राष्ट्रिय परिचयपत्र प्रयोग गरेर आवेदन दिएका छन् । आयोगले कुल मतदातामध्ये ज्यान गएका वा उजुरी परेकाहरूको टुङ्गो लगाएर आउँदो पुस १५ गतेसम्म अन्तिम मतदाता संख्या सार्वजनिक गर्नेछ ।

    मतदाता सूचीमा नाम समावेश भएकामध्ये आउँदो फागुन २० गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिहरूले मात्रै फागुन २१ गतेका लागि तोकिएको चुनावमा मतदान गर्न पाउने छन् ।

    Post Views: 104
    प्रकाशित मिति: २०८२ मंसिर ७, आईतवार ०८:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
    झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
    मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति
    Advertisement
    ताजा अपडेट
    • १. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • २. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    • ३. झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

    • ४. मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति

    • ५. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.