नेकपा एमालेको ११ औं महाधिवेशनले विस्तारै विस्तारै वजार तात्न थालेको हो । पछिल्लो सचिवालय बैठकमै इश्वर पोखरेलले आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने बताएपछि एमालेभित्र महाधिवेशनमा नेतृत्व चयनको विषयले वजार तात्न लागेको हो । उनले सो बैठकमा आफ्नो उम्मेदवारी कुनै व्यक्तिप्रति लक्षित नभएको स्पष्ट पारेका छन् । यसको मतलब एमालेको ११ औं महाधिवेशनको इश्वर पोखरेलले अध्यक्ष पदमा उमेदवारी दिने भन्ने हो । उमेदवारी अरुले पनि देलान । जो जो ले उमेदवारी दिन्छन । ती तीका बीचमा प्रतिष्पर्धा हुने हो । तर अहिले संचारमाध्याममा अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालको नेतृत्व लिन अघि सरेका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनीविरुद्ध प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्, इश्वर पोखरेल एमाले अध्यक्ष ओली विरुद्ध उमेदवार बन्दै, केपी ओलीलाई इश्वर पोखरेलको चुनौती जस्ता शिर्षकमा समाचारहरू आउन लागेका छन् । यो विल्कुलै गलत हो ।
इश्वर पोखरेलले सचिवालय बैठकमा भने जस्तै प्रतिस्पर्धा कुनै व्यक्ति विशेष तोकेर हुने होइन । निर्वाचनमा उमेदवारका बीचमा प्रतिष्पर्धा हुन्छ । त्यस्तै एमालेको ११ औं महाधिवेशन अध्यक्षका लागि उमेदवारी दर्ता गर्ने उमेदवारहरूका बीचमा प्रतिष्पर्धा हुने हो । कसैका बिरुद्ध उमेदवारी हो भने विरुद्धमा उमेदवारी दर्ता गर्नु गलत हो । विरुद्धमा उमेदवारी दर्ता गर्नु भनेको वागी हो । एमालेको ११ औं महाधिवेशनमा एमालेको विधानमा भएको व्यवस्था अनुसार उमेदवारी दर्ता गर्ने जो कोही कार्यकर्ता वागी विद्रोही हुदैनन् ।
यहाँ अहिले संचारमाध्याममा अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालको नेतृत्व लिन अघि सरेका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनीविरुद्ध प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्, इश्वर पोखरेल एमाले अध्यक्ष ओली विरुद्ध उमेदवार बन्दै, केपी ओलीलाई इश्वर पोखरेलको चुनौती जस्ता शिर्षकमा समाचारहरू आउदा ओली स्वभाविक उमेदवार हुने पोखरेल वागी उमेदवार हुन् भन्ने सन्देश जान सक्छ ।
कसैका विरुद्ध कोही उमेदवार हो भने इश्वर पोखरेल विरुद्ध ओलीको उमेदवारी हुँदैन र ? प्रतिष्पर्धाका उभिने दुवैजना समान हुन् । १० औं महाधिवेशनले ओलीलाई अध्यक्ष अनि इश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएको हो । तर ११ औं महाधिवेशनको प्रक्रिया सुरु भएर उमेदवारी दर्ता भएपछि जो जोले अध्यक्षमा उमेदवारी दर्ता गर्दछन् । सबै प्रतिष्पर्धी हुने । अनि अहिले पनि एमाले महाधिवेशनको समाचारमा दुवैलाई प्रतिष्पर्धी भन्दा उत्तम हुन्छ । दुबैलाई प्रतिष्पर्धी भन्न सकिएन भने मतदातामाथि अन्याय हुन्छ । त्यसैले एमालेको ११ औं महाविधेशनको ओली र पोखरेलको अध्यक्ष पदमा उमेदवारी परेमा कोही कसैका विरुद्धमा उमेदवारी होइन् एकअर्कोमा प्रतिष्पर्धी हुन् ।






