अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार कसैको निगाहामा नबनेको बताएका छन् ।
गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशले आज भैरहवामा गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले आफुहरू सरकारमा कुनै अपेक्षाले व्यक्तिगत इच्छाले आएका पनभई देशको विशिष्ट अवस्थामा, शून्यतालाई चिर्नुपर्ने परिस्थितिले विशेष जिम्मेवारीका कारण सहभागि भएको बताए ।
गृहमन्त्री अर्यालले आफूमा कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ नभएको पनि दाबी गरे।
उनले प्राप्त जिम्मेवारीलाई अर्जुन दृष्टिमा राखेर सो हासिल गर्ने दिशामा सरकार केन्द्रीत रहेको भन्दै सुशासनको आधार बलियो बनाउने, भोलिको दिनमा विगार्न नसक्ने वातावरण तयार गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको स्पष्ट पारे ।






