आगामी वर्ष हुने आईसीसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक गरिएको तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा इंग्ल्याण्डको सामना गर्नेछ ।
यो खेल फेब्रुअरी ८ मा मुम्बईस्थित वान्खडे स्टेडियममा हुनेछ । इंग्ल्याण्ड दुईपटकको विश्वविजेता समेत हो । इंग्ल्याण्डसहित नेपाल रहेको समूह सी’मा वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् । वेस्ट इन्डिज पनि दुई पटकको विश्वविजेता हो ।
पहिलो अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरेको छ । नेपालले तेस्रोपल्ट विश्वकप खेल्न लागेको हो । यसअघि नेपाल सन् २०१४ र २०२४ मा विश्वकप खेलिसकेको छ ।
यस्तै नेपालले फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा बंगलादेशसँग खेल्नेछ । यी खेलहरू पनि मुम्बईमा नै हुनेछन् । विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ ।







