मृत्युदण्डको सजाय सुनाइएपछि बंगलादेशको अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुपुर्दगीका लागि भारतलाई पुनः औपचारिक कूटनीतिक नोट पठाएको छ।
ढाका ट्रिब्युनका अनुसार रोहिङ्ग्या मुद्दाका उच्च प्रतिनिधि खलीलुर रहमान नयाँदिल्ली फर्किएलगत्तै नोट भर्बल भारतलाई बुझाइएको पुष्टि भएको हो।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले गत वर्षको अशान्तिमा मानवता विरुद्धका अपराध मुद्दामा हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खानलाई मृत्युदण्ड सुनाएको थियो। ढाकाले भारतसँग प्रत्यर्पण सन्धि अन्तर्गत दुवै दोषीलाई बिना ढिलाइ फिर्ता गर्न आग्रह गरेको छ।
भारतले न्यायिक प्रक्रियालाई सम्मान गर्ने र बंगलादेशसँग रचनात्मक रूपमा संलग्न रहने प्रतिबद्धता जनाएको छ। सुरक्षा विश्लेषकहरूले पनि भारतले अन्तर्राष्ट्रिय कानूनी दायित्वअनुसार हसिनालाई फिर्ता गर्न सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।






