पटक पटक स्थगित हुँदै आएको नेपाली काङ्ग्रेस केन्द्रिय समितिको बैठक फेरि एक पटक सारिएको छ । काङ्ग्रेसका तर्फबाट मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधवार साझ एक विज्ञप्ति जारी गर्दै बैठक सरेको सुचना दिएका हुन ।
काङ्ग्रेस बैठक भोलि बिहीवारका लागि तय भएको थियो । तर आजको सुचनामार्फत पर्सि शुक्रवार दिउँसो दुई बजेका लागि बैठक बोलाइएको छ । बैठकमा सहभागिताका लागि सबै केन्द्रिय पदाधिकारी , सदस्य , आमन्त्रित सदस्य ,प्रदेश सभापतिहरुलाइ निर्देशानुसार अनुरोध गरिएको छ ।
गत असोज २८ गते सुरु केन्द्रिय समिती बैठक महाधिबेशनको मितिबारे बिबाद हुदा निर्क्यौलमा पुग्न सकेको छैन । खासगरि सभापति शेरबहादुर देउवा पक्षधर नेताहरु र महामन्त्री गगन थापा पक्षका हरु बिच महाधिवेशनको मितिवारे मतभेद उत्पन्न भैरहेको छ ।
देउवा समुहका नेताहरु सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचन पछि महाधिवेशन गर्नुपर्ने अडानमा छन भने थापा पक्षधर निर्वाचन अघि नै महाधिवेशन गर्नैपर्ने दवाव दिन तल्लिन छन ।







