• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एनपिएलमा आज दुई खेल हुँदै, चितवन राईनोज र काठमाडौं गुर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्स आमने सामने हुने

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १२, शुक्रबार ०७:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरगत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने दिनको पहिलो खेलमा चितवन राईनोज र काठमाडौं गुर्खाज तथा दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स आमने सामने हुँदैछन् ।

    अंकतालिकामा ४ अंकका साथ तेस्रो स्थानको चितवन र मात्रै २ अंक रहेको काठमाडौं दुवैलाई जित्नैपर्ने दबाब छ । त्यस्तै तीन खेलबाट जम्मा दुई अंक जोडेको कर्णालीका लागि पनि प्ले अफको यात्रा काय राख्नका लागि आज जित्नै पर्ने हुन्छ । अंकतालिकाको दोस्रो स्थानमा रहेको विराटनगलाई भने कर्णालीमाथिको जितले प्ले अफ यात्रा झन सहज बनाउनेछ ।
    हिजो सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित निकालेको छ । काठमाडौँको कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो ।

    लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले १९ ओभर ४ बलमा अल आउट हुँदै १ सय ४३ रन बनाएको थियो । यो जितसँगै सुदूरपश्चिम ४ खेलबाट ८ अंकका साथ शीर्षस्थानमा रहँदै प्ले अफको नजिक पुगेको छ । पराजित भएको लुम्बिनीको समान खेलबाट २ अंक छ ।
    यस्तै, हिजोकै दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ । पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३० रनमा समेटियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरालेले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनाएको थियो ।
    यो जितसँगै तीन खेलबाट पहिलो जित निकालेको पोखराको २ अंक भएको छ । लगातार तीनवटै खेल हारेको जनकपुर अंकविहीन छ ।

    Post Views: 99
    प्रकाशित मिति: २०८२ मंसिर १२, शुक्रबार ०७:४१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.