नेपाली कम्युनिस्ट पार्टी नेकपाले आज कास्कीको पोखरामा एकता सन्देश सभा गर्दै छ । सो सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपाले अब सोमबार कोशीको विराटनगरमा, मङ्सिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेसको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्नेछ।
अन्त्यमा मङ्सिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुने नेकपाले जनाएको छ। पार्टीले शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरी र शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरिसकेको छ ।






