• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन : ओखलढुंगाका सबै प्रतिनीधि ईश्वर पोखरेल पक्षका विजयी

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १४, आईतवार ०९:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि ओखलढुंगाबाट सबै प्रतिनीधि ईश्वर पोखरेल पक्षका विजयी भएका छन् । प्रतिनिधि छनौटका लागि शनिवार भएको मतदान प्रकृयाबाट १२ जना नै पोखरेल पक्षमा प्रतिनिधि चयन भएका हुन् । ओखलढुंगामा पुर्वसांसद यज्ञराज सुनुवारले एमाले अध्यक्ष केपी ओली पक्षको नेतत्व गर्दछन भने कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङले इश्वर पोखरेल पक्षको नेतृत्व गर्दछन् ।

    ओखलढुंगाबाट महाधिवेशनमा प्रतिनिधित्व गर्ने १२ जनामा खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञान बहादुर खड्का, कमल प्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत विजयी भएका छन् । यस्तै, महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ निर्वाचित भएका छन् । युवातर्फ टिकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिवेशन प्रतिनिधि निर्वाचित सबै नेता जिल्लामा अम्बिर गुरुङ निकट हुन् ।

    १२ जना प्रतिनिधि छनौट गर्नुपर्नेमा ४१ जनाले उम्मेदवारी दिएका थिए । प्रतिनिधि छनौटका लागि भएको मतदानमा १५१८ मत खसेको थियो । विजयीहरूले न्यूनतम मत १०७९ प्राप्त गरेका थिए ।

    अम्बिरबाबु गुरुङले भने १३०४ मत प्राप्त गरेका थिए । ओली पक्षमा खुलेका पूर्व सांसद हर्कबोल राईले जम्मा १३२ मतमा सीमित हुनुपरेको थियो । त्यस्तै महिला तर्फको आरक्षण प्रतिनिधि बन्ने प्रयास गरेकी पूर्व सांसद सकुन्तला राजभण्डारी पनि १४९ मतमा सीमित हुनुपरेको थियो । ओलीको पक्षमा खुलेकै कारण ओखलढुंगा एमालेका नेताहरू नानीबाबु बुढाथोकी, उत्तम राई, मणीराज राईलगायतका नेताहरू पराजित भएका छन् ।

     

    Post Views: 454
    प्रकाशित मिति: २०८२ मंसिर १४, आईतवार ०९:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
    अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
    Advertisement
    ताजा अपडेट
    • १. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    • २. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • ३. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • ४. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    • ५. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.