पार्टीभित्र चर्किएको नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषयबारे छलफल गर्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार दिउँसो पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् ।
सो बैठकमा उनले पार्टीभित्र चर्किएको नियमित महाधिवेशन र विशेष महाधिवेशनको मितिलाई लिएर छलफल गर्न लागेका हुन् । कार्यबाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रयास सार्थकता नपाएपछि सभापति देउवा आफैँले बैठक आह्वान गरेका हुन् । दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा उनले छलफलका लागि पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएका छन् ।
बैठकमा नेता डा. शेखर कोइराला, निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पनि बोलाइएको छ । सभापति देउवा नै छलफलमा जुटेपछि महाधिवेशनबारे टुंगो लाग्ने अपेक्षा छ । सहमति नबन्दा कांग्रेसको बैठक लगातार सूचना निकालेर पटकपटक सरिरहेको छ । सभापति देउवा नै छलफलमा जुटेपछि महाधिवेशनको मितिबारे टुंगो लाग्ने अपेक्षा छ । सहमति नबन्दा कांग्रेसको बैठक पटकपटक सरिरहेको छ । पछिल्लो समय कांग्रेस कार्यालयद्वारा जारी सूचना अनुसार भोली फेरी केन्द्रिय समिति बैठक बोलाईएको छ ।
आज शभापति देउवासहितको बैठकबाट निष्कर्ष निस्केको अवस्थामा भोली बस्ने केन्द्रिय समिति बैठकले १५ महाधिवेशनको मिति तोक्नेछ । विगत केही दिनयता सभापति देउवाले महामन्त्री गगन थापा , विश्वप्रकाश शर्मा लगायत आफु निकट नेताहरुसँग विवाद समाधानका लागि अनौपचारिक छलफल गरिरहनुभएको छ ।






