• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

एमाले कास्कीमा प्रतिनिधि छनोट विवादमा : केन्द्रिय संगठन विभागमा उजुरी ,जनप्रतिनिधी नै अटेनन्,थापाले प्रतिसोध साँधेको आरोप

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १५, सोमबार ०९:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ‎पोखरा । नेकपा (एमाले) कास्कीमा महाधिवेशन प्रतिनिधि छनोटपछि चर्को असन्तुष्टि व्यक्त भएको छ । प्रतिनिधिका उम्मेद्वारहरुले नेताहरुलाई गरेको विश्वास घातमा बद्लिएको चर्चा एमाले कास्की वृत्तमा चलेको छ । आइतबार दिउँसोसम्म प्रतिनिधिको छिनोफानो नभएपछि कार्यकर्ताहरुले पार्टी कार्यालयमा पुगरे चर्को विरोध गरेका थिए । प्रतिनिधि छनोटमा केन्द्रिय सदस्यहरुको भुमिकालाई लिएर आलोचना बढेको मात्रै छैन केन्द्रिय संगठन विभागमा उजुरी समेत परेको छ । सल्लाहकार परिषद् सदस्य देवी सुवेदी , एमाले कास्की उपसचिव सन्तु सुवेदी लगायतले प्रतिनिधि छनोटमा असन्तुष्टी प्रकट गर्दै उजुरी हालेका हुन् ।  ‎‎आकाँक्षी धेरै भएपनि निर्वाचन गराउने माग बलियो बन्दै गरेको बेला नेताहरुले सहमति मै टुंगाउछौं भन्दै उम्मेद्वारहरुलाई हस्ताक्षर गराएर अधिकार लिएका थिए । तर लिएको अधिकारबाट विवेकपूर्ण नभई गुट र व्यक्तिगत स्वार्थ केन्द्रित रहेर निर्णय गरिएको भन्दै चर्को विरोध भएको हो । ‎
    ‎‘प्रतिनिधिमा आकाँक्षी उम्मेद्वारहरुले नेतालाई आँखा चिम्लिएर विश्वास गरेर हस्ताक्षर गरे तर नेताहरुले बेइमानपूर्ण स्वार्थको राजनीति गरे’,एक प्रतिनिधिका उम्मेद्वारले भने ।
    ‎केन्द्रमा के.पी ओलीलाई नै नेतृत्व मान्ने भएपनि गण्डकी भुगोलमा उप महासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको तलसम्मै गुट चल्ने गर्दछ । यि दुईका कार्यकर्ताविचको लडाँईमा पछिल्लो समय विद्या भण्डारी निकट रहेका कृष्ण थापाको भुमिकाको कारण खगराज अधिकारी समुहका प्रभावशाली युवा नेताहरु प्रतिनिधीमा रोकिएका छन् । कास्की इन्चार्ज समेत रहेका थापा लामो समय खगराज अधिकारीको नजिक रहेर काम गरेका स्थानीय नेता हुन् .
    ‎‎पछिल्लो स्थानीय तहको निर्वाचनमा पृथ्वीसुब्बा गुटको अन्तरघातबाट पोखरा महानगरपालिकाको मेयर पदमा पराजित भएको भन्दै त्यसयता थापा अधिकारी गुटबाट चर्को रुपमा प्रस्तुत हुने गरेका थिए । तर पछिल्लोपटक पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको पोखरा भ्रमणका क्रममा थापाले देखाएको सक्रियताले त्यस समय नै गुट परिर्वतन गरेको हल्ला एमाले वृत्तमा थियो । भण्डारीलाई भेट्न काठमाण्डौं समेत पुगरे फर्किएपछि थापा गुरुङ निकट नेताहरुसंग गोप्य छलफल र भेटवार्तामा रहेका थिए । त्यसैको परिणाम प्रतिनिधि छनोटमा देखिएको एमाले जिल्ला तहका नेताहरु बताउँछन् ।
    ‎‎न्यौपानेलाई रोक्न सफल भए थापा
    ‎‎एमाले कास्कीमा युवा नेताका रुपमा प्रभावशाली मानिएका दिलिप न्यौपाने प्रतिनिधि बन्नबाट रोकिएका छन् । पोखरा महानगर कमिटीका पूर्व अध्यक्ष समेत रहेका न्यौपाने लामो समय विद्यार्थी राजनिति गरेका खगराज अधिकारीका विश्वासिला पात्र मानिन्छन् । पोखरा महानगरपालिकाको अधिवेशनमा कार्यकर्ताको दोहोरिने मागलाई थाती राखेर सहज रुपमा नेतृत्व हस्तान्तरण गरेका थिए । त्यसयता पार्टीको साधारण सदस्य रहेर निरन्तर पार्टीका पक्षमा वकालत र काम गर्दै आएका उनी पछिल्लो पुस्ताको तर्फबाट आगामी महाधिवेशनमा केन्द्रिय सदस्यको बलियो दावेदारको रुपमा हेरिएको थियो । तर थापा र पृथ्वीसुब्बा गुटका पोलिटव्युरो सदस्य जगत विश्वकर्माको सहमतीले उनको नाम प्रतिनिधिको सूचिमा परेन । निश्कलंकित, शालिन र बैचारिक युवा नेताको छवि बनाएका न्यौपानेलाई रोक्नु अघिल्लो पुस्ता नेताले सम्भावना बोकेकाहरु कार्यकर्तालाई निमोठ्ने काम गरेको बुझाई नयाँ पुस्ताका नेताहरुको छ ।
    ‎न्यौपानेलाई प्रतिनिधी बन्नबाट रोक्नुलाई पनि विगतको प्रतिशोधका रुपमा हेरिएको छ । र स्थानीय तहको निर्वाचन र पछिल्लो पटक गण्डकी प्रदेशको मन्त्रिपरिषद बिस्तारलाई जोडेर उनीमाथी प्रतिशोष साँधीएको चर्चा कास्की एमाले वृत्तमा छ । पछिल्लो पटक कास्कीका समानुपतिका सांसद प्रकाश बहादुर के.सीलाई मन्त्री बनाउँदा सामाजिक सञ्जारमार्फत विरोध जनाएका कारण पनि न्यौपानेले महाधिवेशन छनोटमा मूल्य चुकाउन परेको बताईन्छ ।
    ‎
    ‎जनप्रतिनिधि नै रोकिए
    ‎एमाले कास्कीले पठाएको प्रतिनिधि छनोटमा जनताबाट अनुमोदन भएका जनप्रतिनिधिहरुलाई समेत रोकिएको भन्दै सामाजिक सन्जालमा असन्तुष्टी पोखिएको छ । संघीय सांसद दामोदर बैरागी , मनबहादुर गुरुङ , प्रदेश सांसद गणेशमान गुरुङ, देवका पहारी , राजकुमारी भुजेल, नन्दकला नेपाली , जिल्ला समन्वय सभापति लिलाधर पौडेल र अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु केसी प्रतिनिधिका उम्मेद्वार थिए । तर प्रतिनिधिको लिष्टमा उनिहरु अटेनन् । जनताबाट अस्विकृत भएकाहरुले जनताको मतबाट जनताको प्रतिनिधि भएका अनुहारलाई रोकेको भन्दै कार्यकर्ता पंक्तिका चर्को असन्तुष्टि बढेको हो । ‘जनताले चुनाव हराएका पात्रहरुले पार्टीमा शक्तिको आडमा जनताबाट अनुमोदन भएका अनुहारलाई रोकेर तुच्छ शैलीको राजनीति गरे’, एक जनप्रतिनिधिले भने । प्रतिनिधि टुंगाउने जिम्मेवारी पाएका मध्य केन्द्रिय सदस्यद्धय थापा र युवा संघ इन्चार्ज समेत रहेका राजीव पहारी पछिल्लो २०७९ निर्वाचनमा पराजित अनुहार हुन् ।
    ‎

    यस्तो छ प्रतिनिधिको अंक गणित
    ‎कास्कीबाट २३ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । इन्चार्ज र केन्द्रिय सदस्यहरुले टुंगाएको नाममा १० र १३ को भागवण्डा भएको देखिन्छ । कास्की क्षेत्र नं १ बाट बैन बहादुर अधिकारी क्षेत्री , दर्शन लामा , टिकाराम पंगेनी , बेद बहादुर गुरुङ , रक्षा भट्टराई , विजया सुवेदी र नवराज ओझा प्रतिनिधि बनेका छन् । भट्टराई र सुवेदी महिला र ओझा युवा क्लष्टरबाट प्रतिनिधि बनेका हुन् । सात जना मध्य ५ जना अधिकारी निकट छन् , एक गुरुङ निकट रहेका छन् भने एक जना अधिकारीसंगै रहेपनि के.पी ओलीको चर्को आलोचना गर्दै आएका छन् ।
    ‎

    क्षेत्र नं २ तेज नारायण अधिकारी , भेषराज बराल ,रश्मी आचार्य , राम प्रसाद खनाल खुल्ला तर्फबाट प्रतिनिधि छन् । महिला प्रतिनिधि हिरा गिरी र सिर्जना शर्मा रहेका छन् । युवा क्लष्टरमा विजय पौडेल प्रतिनिधि छन् । बराल , आचार्य र खनाल अधिकारी निकट हुन् । भने तेज नारायण गुरुङ निकटका रुपमा परिचित छन् । यस्तै हिरा पृथ्वी सुब्बा निकट हुन् भने गण्डकी प्रदेश पूर्व उपसभामुख समेत रहेकी शर्मा अधिकारी निकट चिनिन्छन् । तर उनका पति माधव शर्मा पूर्व राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार रहेका कारण शर्माले कसलाई सर्मथन गर्छिन् भन्ने चर्चा एमाले वृत्तमा छ । युवा क्लष्टरका पौडेल भने खगराज निकट हुन् ।
    ‎

    क्षेत्र नं ३ को प्रतिनिधि छनोटमा भने पोलिटव्युरो सदस्य वि.कले एकलौटी गरेको भन्दै चर्को विरोध छ । पूर्व स्वकियदेखी गुटगत राजनीति गर्नेहरुलाई प्रतिनिधि बनाएको भन्दै कार्यकर्ता विभाजित छन् । माधब प्रसाद बास्तोला , दिपक पौडेल,जगन्नाथ बास्तोला , लाल बहादुर परियार, शोभा पहारी , गिता बिक , भरतमान गुरुङ प्रतिनिधि बनेका छन् । यि मध्ये कास्की जिल्ला कमिटी उपसचिव रहेका परियार मात्रै खगराज अधिकारी निकटका रुपमा चिनिन्छन् । ‎

    Post Views: 199
    प्रकाशित मिति: २०८२ मंसिर १५, सोमबार ०९:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
    नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा
    मनोहरा, गैरीगाउँ र थापाथली क्षेत्रमा सार्वजनिक जग्गा खाली, ९४१ संरचना हटाइए
    Advertisement
    ताजा अपडेट
    • १. सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    • २. नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा

    • ३. मनोहरा, गैरीगाउँ र थापाथली क्षेत्रमा सार्वजनिक जग्गा खाली, ९४१ संरचना हटाइए

    • ४. व्यवसायी गोल्छालाई २४ घण्टाभित्र सर्वोच्चमा अदालत उपस्थित गराउन आदेश

    • ५. शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. टी–२० आई सिरिज : कुशल भुर्तेलको विष्फोटिङ ब्याटिङमा नेपालले यूएईलाई हरायो ८ विकेटले हरायो

    • ५. संसद अधिवेशन स्थगित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.