लामो रस्साकस्सीपछि अन्ततः नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गते सम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ । डेढ महिनासम्म चलेको बैठकको बिट मार्दै कांग्रेसले सोमबार १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको हो । यसको लागि मंसिर २० गते भित्र क्रियाशील सदस्यताको फाराम पठाएर पुस ५ गतेभित्र सदस्यता टुंग्याइसक्ने निर्णय कांग्रेसको छ ।
यस्तै मंसिर २० भित्र क्रियाशील सदस्य वितरणको काम सक्ने पुस ८ गते भित्र निर्वाचन क्षेत्रमा क्रियाशील टुंगो लगाउने भनिएको छ । त्यसपछी गाउ नगर वडा अधिवेशन पुस १६,गाँउ नगरपालिका अधिवेशन पुस १७ गते ,प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशन पुस १९ गते सम्पन्न गर्दै प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन पुस २१ र जिल्ला अघिवेशन पुस २२ गर्ने तय भएको छ ।
सातै प्रदेशका अधिवेशन पुस २३ र २४ सम्पन्न भए पश्चात केन्द्रीय महाधिवेशन पुसको २६ देखि २८ सम्म गरिने निर्णय भएको छ ।






