• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

‘विशेष महाधिवेशनको पत्र नै पुर्णरुपले स्वतः निष्क्रिय र निस्तेज भईसक्यो’– कल्याण गुरुङ

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १६, मंगलवार ०७:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका नेता कल्याण गुरुङले पुष २६–२८ गते नियमित १५ औ महाधिवेसनको निर्णय भईसकेपछि विशेष महाधिवेशनको पत्र नै निष्क्रिय र निस्तेज भईसकेको बताएका छन् । आज बिहानै फेसबुकमा लेख्दै नेता गुरुङले पार्टीको विधानको धारा १७(१) अनुसार सर्वसम्मत नियमित १५औं महाधिवेशनको निर्णय भईसकेको कारणले विधानको धारा १७(२) अन्तर्गत माग गरिएको विशेष महाधिवेशनको पत्रको वैधानिक र राजनीतिक सान्दर्भिकता, आवश्यकता, र औचित्य नै पुर्णरुपमा समाप्त भईसकेको तर्क गरेका हुन् ।

    गुरुङले अब पनि विशेष महाधिवेशनको चर्चा गर्नेले पुषभित्र महाधिवेशन नचाहेको भन्ने बुझ्न जरुरी रहेको पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘अब पनि कसैले कुनै पनि सन्दर्भ वा प्रसंग जोडेर विशेष महाधिवेशनको चर्चा गर्छ भने उसले १५ औं महाधिवेशन पुष भित्र तोकिएको मितिमा चाहेको छैन भन्ने स्पष्ट बुझ्न जरुरी छ ।’

    १५औं महाधिवेशनमा पराजित हुन्छु भन्ने डर र पुष भित्र तोकिएको मितिमा नियमित महाधिवेशन रोक्ने उद्देश्य पुरा गर्नको लागि स्वतः निष्क्रिय र निस्तेज भई सकेको विशेष महाधिवेशनको विषयमा आजै देखि पुनः चर्चा चलाईन थालेको उनको बुझाई छ । उनले थपेका छन्–‘ विशेष महाधिवेशनको चर्चा चलाउनेहरुले नियमित १५औं महाधिवेशनको प्रक्रिया शुरु हुनु भन्दा अगाडि नै आफ्नो हार स्विकार गरिसकेको कमजोरीका लक्षणहरु देखाई रहेका छन् । ’नेता गुरुङले विशेष महाधिवेशनलाई अब बेमौसमी चचाका रुपमा पनि टिप्पणी गरेका छन् ।

    हिजो सम्पन्न केन्द्रिय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दिएको प्रतिक्रियाप्रति लक्षित गर्दै नेता गुरुङले विशेष महाधिवेशनको धम्कीपूर्ण भाषा प्रयोग भएको आरोप लगाएका छन् । ‘केन्द्रीय कार्य समितिको बैठक सकिएर बाहिर निस्किना साथ आत्तिएर बिशेष महाधिवेशनको धम्कीपुर्ण भाषा प्रयोग गरेर मिडियामा बोल्नु र सामाजिक संजालमा लेखाउनुको अर्थ र स्पष्ट संकेत देखिन्छ कि वहांहरु पुषमा तोकिएको नियमित १५औं महाधिवेशन प्रति ईमानदार हुनु हुन्न र पदीय मोहले ग्रस्त भएकोले वहांहरुलाई आफ्नो पद जाला भन्ने भयंकर त्रासले सताएको जस्तो देखिन्छ । ’

    महाधिवेशन सफलतापुर्वक सम्पन्न गर्नै पर्ने जिम्मेवारी सबैको कांधमा आएको गुरुङको भनाई छ । “यो जिम्मेवारी र कर्तव्य हामीले पुरा गर्नै पर्छ । कम्तिमा अबको दुई महिना भाषण होईन; काम , काम र काम मात्रै गरौं ।”, गुरुङले लेखेका छन् ।

    Post Views: 451
    प्रकाशित मिति: २०८२ मंसिर १६, मंगलवार ०७:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
    नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा
    मनोहरा, गैरीगाउँ र थापाथली क्षेत्रमा सार्वजनिक जग्गा खाली, ९४१ संरचना हटाइए
    Advertisement
    ताजा अपडेट
    • १. सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    • २. नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा

    • ३. मनोहरा, गैरीगाउँ र थापाथली क्षेत्रमा सार्वजनिक जग्गा खाली, ९४१ संरचना हटाइए

    • ४. व्यवसायी गोल्छालाई २४ घण्टाभित्र सर्वोच्चमा अदालत उपस्थित गराउन आदेश

    • ५. शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. टी–२० आई सिरिज : कुशल भुर्तेलको विष्फोटिङ ब्याटिङमा नेपालले यूएईलाई हरायो ८ विकेटले हरायो

    • ५. संसद अधिवेशन स्थगित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.