नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन् । गृहजिल्ला जानेक्रममा आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए ।
कोइरालाले भने –‘समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।’ उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो नभएको बताए । यद्यपि, सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ । जेन–जीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उनले बताए ।
महाधिवेशनमा उम्मेदवारीका सम्बन्धमा उनले भने –सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाइ हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुई जनामध्ये एक जना लड्छौँ ।’






