• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

डा शशांकको अभिव्यक्तिमा सत्यता र यथार्थताको स्वीकारोक्ति

  •  अर्जुनदृष्टि
  • २०८२ मंसिर १७, बुधबार १३:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको भन्दै महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ भन्ने अभिव्यक्ति दिए । उनको यो अभिव्यक्तिले नेपाली कांग्रेसको राजनीतिमा एकखाले तरङ ल्यायो । पुसको २६ देखि २८ सम्मका लागि लामो रस्साकस्सी १५ औं महाधिवेशनको मिति सर्वसम्मत निर्णय गरेको मसी सुक्न नपाउँदै डा शशांकले महाधिवेशनका लागि ३ महिना समय चाहिने भन्दै महाधिवेशन संभाव नभएको यथार्थ विषय सार्वजानिक गरे ।

    जहिले पनि तरङ ल्याउने विषय बोल्ने डा शशांकले यथार्थ विषयलाई बाहिर ल्याउने गरेका छन् । निर्वाचन महंगो भएको देखि भ्रष्टचार कम गरौं भन्ने विषयमा डा शशांकको बोली सत्य र यथार्थ विषय हुन् ।

    २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफ्नो ६ करोड रुपैयाँ खर्च भएको बताए । २०७९ सालको निर्वाचन अगाडि डा शशांकले बोलेको यो भनाई विवादमा आयो । तर शशांकको भनाई सत्य थियो । नेपालमा चुनाव कतिसम्म महांगो भएको छ भन्ने यथार्थ थियो । कोइरालालाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो । तर डा शशांकको बोलमा यति सत्यता थियो कि सबैले कोइरालाले कुनै छलकपट नभई यथार्थ बोलेको भन्दै प्रशंसा गरे । सार्वजानिक रुपमा डा कोइरालाको प्रशंसा गर्न नगरेका धेरै बुद्धिजीवीहरूले पनि चुनाव महंगो भएको यथार्थलाई स्वीकार गर्दै कोइरालाले यथार्थ बोल्ने हिम्मत गरेका बताएका थिए ।

    प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्दै डा.शशांकले भ्रष्टाचार गरेपनि कम गर्न आग्रह गरे । भ्रष्टचार अन्त्य हुने विषय नै होइन यो त जति सक्यो कम गर्ने मात्र हो । सिद्धान्तमा नै भ्रष्टचारमा शुन्य सहनशिलता कायम गर्ने हो ।

    सोझो, सामान्य, इमानदार अनि मुसुक्क मुस्कुराएर कार्यकर्तासँग के छ ? भनेर सोध्ने डा. शशांकका विशेषता हुन् । उनीपनि गिरिजाप्रसाद र सुशील कोइरालाजस्तै धेरै लामो बोल्दैनन् । तर आफूले बोलेको कुरामा भने अडान राखिराख्छन् । धार्मिक स्वतन्त्रताको विषय, निर्वाचन खर्चको विषय, भ्रष्टाचारको विषयमा जुन उनले बोलेका थिए, ती विषयमा शशांक कहीँ कतै बदलिएका छैनन् ।

    पार्टी नेतृत्व, पार्टी सञ्चालनका विधि र पार्टीको विचार निर्माणबारे उनको दृष्टिकोण स्पष्ट छन् । डा शशांकको बुझाइमा लिडरसिप भनेको आफ्नैमा सुपर व्यक्तित्व मात्र होइन, विचारहरूको संयोजन र त्यसलाई दिशानिर्देश गर्ने र सबैलाई मिलाएर अघि बढ्ने समन्वयकारी भूमिका पनि हो । उनले पार्टी सञ्चालनको विधि बदल्ने, सदियौँदेखि अन्यायमा परेको वर्ग पहिचान गर्ने र सबैलाई सम्मानपूर्ण अवस्थाको विकास गर्ने नयाँ नेतृत्वको कार्यभार आत्मसात गर्ने गरेका छन् ।

    जहाँसम्म बिचार निर्माणको कुरा छ, त्यसमा वीपीभन्दा अगाडि जानुपर्ने आवश्यकता उनले अहिलेसम्म देखेका छैनन् । वीपीले आमनागरिकको जुन स्तर निर्माण गर्ने भन्नुभएको थियो, त्यहाँ अहिलेसम्म पुग्नै नसकिएको डा. शशांकको बुझाइ छ । वीपीले आफ्नो नियमित काम गरेर एक घण्टा पार्टीका लागि काम गर्नुस् भन्ने गर्थे । अहिले होलटाइम पार्टीमा काम गर्ने अभ्यास बढिरहेकोप्रति पनि डा. शशांक खुशी छैनन् । डा शशांक राजनीति पेशा हुन नसक्ने भन्दै, आफ्नो पेशा गरेर राजनीतिमा काम गरे मात्र भ्रष्टाचार नियन्त्रण सम्भव हुन्छ भन्ने तर्क गर्ने गर्दछन् ।

    डा शशांक जहिले पनि तरङ ल्याउने विषय बोल्ने गर्दछन् । उनका अभिव्यक्तीमा सत्यता र यथार्थताको स्वीकारोक्ती हुन्छ । चितवन पुगेर डा शशांकले महाधिवेशनका लागि समय कम भएको भन्दै महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ भन्ने अभिव्यक्ति दिए । यो अभिव्यक्तीले उनलाई विवादमा ल्याउला, महाधिवेशन विथोल्न लागेको आरोप पनि लाग्ला तर यथार्थ यही हो नेपाली कांग्रेसको महाधिवेशन एक महिनामा हुन सक्दैन् । त्यो पनि क्रियाशील सदस्यताको टुंगो लागेको छैन् । महिनौसम्म क्रियाशील सदस्यताको टुंगो लगाउन नसकेको कांग्रेसको इतिहास छ । यस्तो अवस्थामा अनि राष्ट्रिय सभा र प्रतिनिधिसभाको निर्वाचन कार्यतालिका अनुरुपको काम पनि संगै गर्नुपर्ने अवस्थामा कसरी अबको एक महिनामा कांग्रेसको महाधिवेशन हुन सक्छ ? त्यसैले हरेक पटक झै डा शशांकले यो पटक पनि सत्यता र यथार्थताको स्वीकारोक्तीलाई बाहिर ल्याएका छन् ।

     

    Post Views: 941
    प्रकाशित मिति: २०८२ मंसिर १७, बुधबार १३:३०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.