नेपाली काङ्ग्रेस सुनसरीले जेनजी आन्दोलनमा संलग्न पार्टीका क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ । जिल्ला कार्यसमितिको बैठकले आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्ति आगजनी, तोडफोड र लुटपाटमा संलग्न सदस्यको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको हो ।
बैठकले आन्दोलनमा हिंसा भड्काउन प्रोत्साहित गर्ने कार्यकर्ताको वडादेखि नै नामावली संकलन गर्ने र प्राप्त नामावलीका आधारमा त्यस्तो घटनामा संलग्न सदस्यको सदस्यता नवीकरण नगर्ने निर्णय भएको जिल्ला सभापति केदार भण्डारीले बताए । जिल्लाले गरेको निर्णयका आधारमा प्रदेश कार्यसमितिले पनि केन्द्रीय समितिलाई सिफारिस गर्ने प्रदेश महामन्त्री उमेश थापाले बताए ।
उनका अनुसार गलत व्यक्तिलाई पार्टीले संरक्षण गर्ने छैन, खोजी खोजी निष्कासन गर्नेछ ।सुनसरीमा जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा तोडफोड आगजनी र लुटपाट हुँदा एक अर्ब १७ करोडभन्दा बढीको क्षति भएको थियो । निजी क्षेत्रको क्षतिको अहिलेसम्म क्षतिको विवरण संकलन हुन सकेको छैन । जिल्लाका ३३ वटा सरकारी कार्यालयमा भएको आगजनी तथा तोडफोड भएको थियो ।






