• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

साफ क्लब महिला च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदै

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १९, शुक्रबार ०८:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आजदेखि साफ क्लब महिला च्याम्पियनसिप सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा आज पाकिस्तानको कराँची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट यूनाईटेड लेडिज एफसी भिड्नेछन् । त्यस्तै दोस्रो खेलमा नेपालको एपीएफ क्लब र बंगलादेशको नसरिन स्पोर्टस् एकेडेमी आमनेसामने हुँदैछन् ।

    दक्षिण एसियाली फुटबल इतिहासमै पहिलो पटक हुन लागेको यो प्रतियोगिताको उपाधी उचाल्ने विश्वासका साथ मैदानमा उत्रिने तयारीमा छ । नेपालको प्रतिनिधीत्व गर्ने एपिएफकी कप्तान अनिता बस्नेतले पहिलोपल्ट हुन लागेको साफ महिला क्लव च्याम्पियनसिपको तयारी पूरा भएको र उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन् । हिजो आयोजित कप्तान तथा प्रशिक्षकको पत्रकार सम्मेलनमा अनिताले आफूहरु पहिलो साफ वुमेन्स क्लब च्याम्पियनससिप खेल्न उत्साहित रहेको बताएकी हुन् । टिम ट्रेनिङ राम्रोसँग गर्न नपाए पनि राम्रो नतिजा ल्याउने बस्नेतको विश्वास छ ।

    एपिएफका मुख्य प्रशिक्षक जीवेश पाण्डेले पनि राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । प्रशिक्षक पाण्डेले टिम ट्रेनिङ राम्रोसँग गर्न नपाए पनि आफ्नो टोलीले सुखद् नतिजा ल्याउने विश्वास व्यक्त गरे । टिममा उपलब्ध खेलाडीहरूको सही सदुपयोग गर्ने उनको भनाई छ ।

    सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको लिगमा शिर्ष दुई स्थान प्राप्त गर्ने टोलीले उपाधिका लागि खेल्ने छ । पहिलो संस्करणको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् । सहभागी तीन टोलीले दुई हजार अमेरिकी डलर प्राप्त गर्ने एन्फाले जनाएको छ । सबै टोली बुधवार नै नेपाल आइपुगेका छन् । प्रतियोगिता पुष ५ गतेसम्म चल्नेछ ।

    Post Views: 102
    प्रकाशित मिति: २०८२ मंसिर १९, शुक्रबार ०८:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.