नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्ले–अफ् खेलहरु आजबाट हुनेछन् । प्रतियोगिताको पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्नेछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे यो खेल सुरु हुनेछ ।
चरणका खेलमा विराटनगरसँग हारेको सुदुपश्चिम आजको खेल जित्दै लगातार दोस्रो पटक फाइनलमा पुग्ने अभियानमा छ । लिग चरणका ७ खेलबाट १२ अंक जोडेको सुदुपश्चिम र १० अंक जोडेको विराटनगर शिर्ष दुईमा रहेर क्वालिफयारमा पुगेका हुन् ।
आजको खेलको विजेता टोली सोझै फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो अवसर प्राप्त गर्नेछ । उक्त टोलीले काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीचको खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउनेछ ।






