भारतको गोवामा रहेको नाइटक्लबमा शनिबार मध्यराति भएको आगलागीमा पाँच नेपालीको मृत्यु भएको छ । नाइटक्लबमा आगलागी हुँदा त्यहाँ कार्यरत पाँच नेपालीको मृत्यु भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
मृत्यु हुने नेपालीमा चुर्नबहादुर पुन, विवेक कटवाल, सविन बीके, सुदीप गुरुङ र मानबहादुर जोरा हुन् ।
उनीहरू सबै त्यही नाइटक्लबमा कार्यरत थिए । आगलागीमा परी २५ जनाको मृत्यु भएको थियो । मृत्यु हुने बाँकी सबै भारतीय नागरिक हुन् ।






