• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अझै पुगेन १४ जिल्लामा काङ्ग्रेस क्रियाशिल सदस्यता फाराम , महामन्त्री थापाकै कारण महाधिवेशन कार्यतालिका प्रभावित !

  •  नेपाल चौतारी
  • २०८२ मंसिर २३, मंगलवार १६:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालि काङ्ग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित हुने सुरुवाती सङ्केत देखिन थालेको छ । ४ बर्षसम्म हुन नसकेको क्रियाशिल सदस्यता बितरणको काम महाधिवेशनको मिति तोकिदा समेत सम्पन्न हुने लक्षण नदेखिदा महाधिवेशन कार्यतालिका नै प्रभावित हुने देखिएको हो ।

    यसको मुख्य कारण  महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले कार्यतालिका अनुसार काम नगर्नु नै रहेको छ । पुस अन्तिमसाता १५ औं महाधिवेशन गर्ने गरि केन्द्रीय समितिले सर्वसम्मत रुपमा पारित गरेको महाधिवेशनको कार्यतालिका अनुरुप  मंसिर २४ गते बुधबारसम्ममा प्रतिनिभिसभा निर्वाचन क्षेत्रिय समिति हुँदै वडा कार्यसमितिमा नयाँ क्रियाशील सदस्यता पुग्नुपर्ने हो । तर महामन्त्री थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले आज मंगलबार मंसिर २३ गतेसम्म १४ जिल्लाका १९ प्रतिनिधि निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको फाराम पुर्‍याउन सकेको छैन् ।

    सवै जिल्लाका जिल्ला,निर्वाचन क्षेत्र हुँदै वडा इकाई सम्म क्रियाशील सदस्यता पुर्‍याउने जिम्मा महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको हो । सो समितिमा केन्द्रीय सदस्यहरू सिता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश स्नेही छन् । तर समितिले १४ जिल्लाका १९ निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको फारम पुर्‍याउन नसकेको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।

    कांग्रेसको मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्नेगरी कार्यतालिका सर्वसम्मत रुपमा पारित गरेको थियो । सो कार्यतालिकामा केन्द्रबाट मंसिर २० गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरण गरिसक्ने उल्लेख छ ।
    मंगलबारसम्म एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको ताप्लेजुङ, रामेछाप, मुस्ताङ, डोल्पा र जुम्लामा वडामा क्रियाशील सदस्यताको फाराम नपुगेको केन्द्रीय कार्यालयले जनाएको छ ।

    त्यस्तै झापाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २, ३, ४ र ५, मोरङको क्षेत्र नम्बर ३, सप्तरीको क्षेत्र नम्बर ३, सिरहाको क्षेत्र नम्बर ४, रौतहटको क्षेत्र नम्बर ३, बाराको क्षेत्र नम्बर २ र ४, पर्साको क्षेत्र नम्बर १ मा तथा नवलपुरको क्षेत्र नम्बर १ र २, स्याङ्जा क्षेत्र नम्बर १ मा क्रियाशील सदस्यताको फाराम पुगेको छैन् ।

    Post Views: 117
    प्रकाशित मिति: २०८२ मंसिर २३, मंगलवार १६:४४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
    Advertisement
    ताजा अपडेट
    • १. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • २. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • ३. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    • ४. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • ५. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.