राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालत उपस्थित भएका छन् । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले धरौटीमा रिहा गर्न बिहिबार आदेश दिएसँगै थप अदालती प्रक्रियाका लागि उनी रुपन्देही पुगेका हुन् ।
ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने रुपन्देही जाने क्रममा काठमाडौ -भैरहवा हवाई उडान सम्भव नभएपछी चितवन हुँदै त्यसतर्फ लागेका थिए । अदालतले तोकेको बिगो र सर्तबारे कागजी प्रक्रिया मिलाउन आज अपरान्ह रवि रुपन्देही अदालत पुगेका हुन् ।
यो सबै सकेपछी उनी थुनामुक्त हुदैछन् ।






