• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मधेश प्रदेश सभाको सभामुख पदमा आज निर्वाचन

  •  नेपाल चौतारी
  • २०८२ पुष ६, आईतवार ०७:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मधेस प्रदेश सभा रिक्त सभामुख पदका आज निर्वाचन हुँदैछ । प्रदेश सभाको सभामुख पदका लागि दुई जना प्रदेश सभा सदस्यबिच आज निर्वाचन हुने भएको हो । मधेशमा सत्तारुढ ७ दलीय गठबन्धनको तर्फबाट जसपा नेपालका रामअशिष यादव र एमालेका त्रिलोकी प्रसादले सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

    उनीहरुले शनिवार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारित गरिएको मनोनयन दर्ताको समयमा उम्मेदवारी दिएका थिए । जसपा नेपालको प्रमुख सचेतकसमेत रहेका यादवको उम्मेदवारीमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा (माओवादी केन्द्र)का फकिरा महतो समर्थक रहेका छन् । त्यस्तै त्रिलोकी प्रसादको उम्मेदवारीमा नेकपा एमालेकी प्रदेश सभा सदस्य शारदादेवी थापा प्रश्तावक तथा जयचन्द्रप्रसाद पटेल समर्थक रहेका छन् ।

    सभामुख उम्मेदवारी दर्ताअघि बसेको सात दलीय गठबन्धनको बैठकले यादवलाई सर्वसम्मत रूपमा साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो । उता एमाले संसदीय दलको बैठकले त्रिलोकी प्रसादलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
    आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।

    Post Views: 93
    प्रकाशित मिति: २०८२ पुष ६, आईतवार ०७:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मधेश प्रदेश सांसद जैनब खातुनको निधन
    नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    Advertisement
    ताजा अपडेट
    • १. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    • २. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • ३. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • ४. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    • ५. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.