• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

११ वर्षपछि ‘नेपाली जनसम्पर्क समिति’ अमेरिकाका विभिन्न च्याप्टरमा अधिवेशन सम्पन्न

"न्युयोर्क च्याप्टर अध्यक्षमा दीनदयाल,जर्जियामा शिबकमल "
  •  नेपाल चौतारी
  • २०८२ पुष ९, बुधबार ०९:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ‘नेपाली जनसम्पर्क समिति’को अमेरिकामा रहेका बिभिन्न ३३ वटा च्याप्टरहरुको अधिबेशन सकिएका छन् । पछिल्लो अधिवेशन भएको ११ वर्ष पछि शनिबार अमेरिकाका सबै राज्यमा यो वर्ष अधिवेशन भएको हो ।
    लामो समयदेखि अधिबेशन हुन् नसककेको कारण नेपाली जनसम्पर्क समिति भित्र आन्तरिक बिबाद समेत देखिएकोमा यस पटक नेपाली काँग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार अधिबेशनको गरिएका हुन् ।

    नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टका अनुसार ३३ वटै राज्यमा सदस्यता वितरण, नबिकरण र अधिबेशन सम्पन्न भएको छ । नेपाली काँग्रेसको यही पौष २६–२८ गते नियमित महाधिवेशन गर्ने निर्णय भएसँगै विदेशमा रहेका आफ्ना क्रियाशील सदस्यहरु आबद्ध भातृ संगठन नेपाली जनसम्पर्क समितिको अधिवेशन यही पौष १५ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको थियो। सोही बमोजिम नेपाली जनसम्पर्क समिति, अमेरिकाले अधिवेशनमार्फत सर्वसम्मत रुपमा नयाँ कार्यसमितिहरु चयन गरेको हो ।
    न्युयोर्क च्याप्टरको नेतृत्वमा दीनदयाल भण्डारी

    सम्पन्न अधिवेशनमार्फत न्युयोर्क च्याप्टरको सभापतिमा दीनदयाल भण्डारी चयन भएका छन् । च्याप्टरको बरिष्ठ उपसभापति द्वयमा दावा फिन्जु शेर्पा र उमेश थापा, उपसभापतिमा भिमसेन श्रेष्ठ, सचिबमा सुभाष केसी, सहसचिबमा रमेश पाठक र बिबेक अधिकारी, कोषाध्यक्षमा ललिता चन्द निर्बिरोध निर्बाचित भएका छन् ।
    शुरुमा अध्यक्ष पदका लागि सात जनाले इछ्या जाहेर गरेको भएपनि अन्तिममा सर्बसम्मत रुपमा कार्यसमिति चयन गरिएको थियो । कार्य समितिको सदस्यहरुमा अमन बागचन्द, लोकमणि न्यौपाने, महादत्त कंडेल,टासी शेर्पा, सनबहादुर पुन,रामकुमार गिरि, फुर्वा शेर्पा,र कृष्ण शर्मा रहेका छन् ।
    जर्जिया च्याप्टरको अध्यक्षमा शिबकमल पौडेल


    यसैगरी अमेरिकाको जर्जिया च्याप्टरको अधिबेशनले शिबकमल पौडेल अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बिरोध रुपमा निर्बाचित गरेको छ । समितिको उपाध्यक्षमा सबिता कुँवर केसी, महासचिबमा राजु खनाल, कोषाध्यक्षमा सुष्मा पहारी र सदस्यहरुमा दिपक केसी, जयलाल शर्मा, सरोज भण्डारी चयन भएका नेविसंघ पूर्व केन्द्रीय सदस्य (हाल अमेरिका) सन्तोष पहारीले जानकारी दिए । कार्यसमितिको सल्लाहकारहरुमा पहारीसहित केशव शर्मा, कुमार केसी, अनिल कोइराला, मदन घिमिरे, हरी भण्डारी र दिनेश राई रहेका छन् ।

    त्यस्तै महाधिबेशन प्रतिनिधिहरुमा दिपक केसी, कपिल वाग्ले, दिनेश राई, विश्वमान आन्ग्दमबे, शिबकमल पौडेल, पारस थापा र सन्तोष पहारी चयन भएका छन् ।सम्पन्न अधिवेशनबाट मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नेत्र केसी ड्यालस फोर्टवर्थ च्याप्टरमा उज्जल खत्री ,वेष्ट टेक्ससमा हरिप्रसाद ढकाल, नर्दन क्यालिफोर्नियामा हरि भट्ट,सेन्ट्रल टेक्ससमा विनोद श्रेष्ठ,कान्ससमा फिलिपी केसी, अस्टिनमा कोशल यादवको नेतृत्वमा कार्यसमिति चयन भएको छ । अन्यको नामावलि प्राप्त हुन बाँकी छ ।

    नेपाली जनसम्पर्क समिति अमेरिकामा हाल नेपाली नागरिकता कायम रहेका (अमेरिकाको नागरिकता नलिएका) र अमेरिकाको नागरिकता लिएका गरी दुइ प्रकृतिका सदस्यहरु रहेका छन्। नेपाली नागरिकता कायम रहेका सदस्यहरुले मात्र नेपाली काँग्रेसको महाधिवेशन प्रक्रियामा भाग लिन पाउने छन्। तर, नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनमा भने दुबै प्रकृतिका सदस्यहरुले सहभागिता जनाउन पाउने व्यवस्था छ।

    नेपाली जनसम्पर्क समिति, अमेरिकाले बताए अनुसार हाल संस्थामा ४ हजार पाँच सय बढी सदस्यहरु रहेका छन्। सन् २०१४ मा अमेरिकाको टेक्सास राज्यमा एकताको अधिवेशन भएको थियो। त्यस पछि आन्तरिक बिबादको कारण अधिवेशन हुनसकेको थिएन। लामो समयसम्म अधिवेशन हुन नसक्दा संस्थाको नेतृत्वमा रहेकाहरुले धेरै आलोचना समेत खेप्नु परेको थियो । यस पटक अधिबेशन सम्पन्न भएसंगै पुरानो बिबाद अन्त्य हुने र नेपाली जनसम्पर्क समिति थप सक्रिय र गतिशील बन्ने बिश्वासमा समितिका सदस्यहरु रहेका छन् ।

    Post Views: 291
    प्रकाशित मिति: २०८२ पुष ९, बुधबार ०९:२६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मधेश प्रदेश सांसद जैनब खातुनको निधन
    नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    Advertisement
    ताजा अपडेट
    • १. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    • २. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • ३. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • ४. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    • ५. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.