• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

साहित्यकार भूपि शेरचनको ९० औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै

  •  नेपाल चौतारी
  • २०८२ पुष १०, बिहीबार ०९:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    साहित्यकार भूपि शेरचनको ९० औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । विसं १९९२ पुस १० मा मुस्ताङको दुप्चेमा जन्मिएका साहित्यकार शेरचन थोरै तर कालजयी रचनाका कारण लोकप्रिय मानिन्छन् । उनको कृतिमध्ये ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ चर्चित छ । शेरचनले गद्य कविता मात्र नभई गीत पनि लेख्नुभएको छ ।

    ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ’ बोलको गीत उनउहाँको निकै चर्चित गीत हो । ‘हुँदैन विहान मिरमिरेमा तारा झरेर नगए, बन्दैन देश दुईचार सपुत मरेर नगए’ जस्ता लोकप्रिय कविबतालाई सरल, सहज र सबैले बुझ्ने भावको बनाउनुमा उनको ठूलो योगदान छ । प्रगतिवादी धारमा कविता लेख्ने भूपिको विसं २०४६ जेठ १ गते निधन भएको थियो ।

    उनले साझा पुरस्कार, गोरखा दक्षिण बाहुपुरस्कार प्राप्त गरेका थिए । सुब्बा हितमान शेरचन र पदमकुमारी शेरचनका कान्छा छोरा भूपि शेरचनको खास नाम भूपेन्द्रमान शेरचन हो । भूपि पाँच वर्षका हुँदा उनकी आमाको मृत्यु भएकाले र उनका दिदीबैनी नभएकाले उनी मातृजातिको स्नेहबाट वञ्चित भएको उल्लेख छ । त्यति मात्र नभएर छोरीको आशमा छोरा भइदिएकोले पारिवारिक उपेक्षामा उनको बाल्यकाल बितेका थिए ।

    भूपि २०३६ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य बनेका थिए । प्रज्ञा प्रतिष्ठानको कुर्ची पदबाट भूपि सन्तुष्ट भने देखिँदैनन् । उनी “घुम्ने मेचमाथि पुगेपछि म आधा अन्धो मान्छेचाहिँ भएँ” भनी यसप्रति असन्तुष्टि व्यक्त गर्छन् । आठ सन्तानका पिता र दुई पत्नीका पति भूपि सङ्गीत, क्रिकेटमा रूचि राख्थे ।

    Post Views: 231
    प्रकाशित मिति: २०८२ पुष १०, बिहीबार ०९:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.