• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

असरल्ल कांग्रेस ! न अधिवेशन, न मिति परिवर्तन

  •  नेपाल चौतारी
  • २०८२ पुष १६, बुधबार १०:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसको ईतिहासमै सबैभन्दा लामो समयसम्म चलेको केन्द्रीय समिति बैठकले गत मंसीर १५ गते सबै तहका अधिवेसन गर्ने गरि महाधिवेशनको तालिका ल्यायो । त्यो तालिका अनुसार आज(पुष १६ गते ) देशका ६,७४३ वडामा ईकाई अधिवेशन हुनुपथ्र्यो । तर आज कुनै पनि वडामा त्यो भएन । यतिका ठूलो र लोकतान्त्रीक भनिएको पार्टीको यो अधिवेशन न कुनै निर्णयका कारण रोकियो न कुनै राष्ट्रिय विपदका कारण । यसले अब नेपाली कांग्रेसको विवाद छ अरे भन्ने कथनलाई वास्तविकता र व्यवहारिकतामै उदाङ्गो पार्न सफल भएको छ ।

    हुन त केन्द्रीय समितिले तय गरेको महाधिवेशन कार्यतालिका नै अव्यवहारिक र तत्कालका लागि छलछाम र समस्याको थामथुम पार्ने प्रयासका रुपमा परिभाषित नगरिएको होईन । जुन कुरालाई आजको थिनले पुष्टि समेत ग¥यो । १५ गतेको निर्णयपश्चात सार्वजनिक गरिएको तालिका अनुसार विदेशस्थित जनसम्पर्क समितको अधिवेशन हिजो भइसक्नुपथ्र्यो त्यो भएन । त्यस्तै गाउँ नगर र वडा अधिवेशन पुस १६ गते अर्थात आज ,गाउँ नगरपालिका अधिवेशन पुस १७ ,प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते,प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते,एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते, प्रदेश अधिवेशन २३ र २४ गते र अन्त्यमा केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ गते गर्नेगरि निर्णय भएको थियो । आज वडा अधिवेसन नै हुन नसकेपछि महाधिवेशन निर्धारित मितिमा हुने कुरा कल्पनाभन्दा बाहिरको कुरा सावित भएको छ । यसले लोकतान्त्रीक भनिएको कांग्रेस पार्टीको आन्तरिक जीवनलाई कति गैरजिम्मेवार, अलोकतान्त्रिक र वेवारिसे बनाएको छ भन्ने आशंकालाई पनि बल पुगेको छ भन्ने स्पष्ट हुन्छ ।

    निर्धारित मितिमा अधिवेसन हुन नसक्ने भएपछि जुनसुकै राजनीतिक दल वा संस्थाहरुले त्यसको कारणसहित कार्यतालिका परिवर्तनको निर्णय गर्नु र सार्वजनिक गर्ने प्रचलन छ । त्यसलाई पनि चकमन्न पार्दै कांग्रेसले आफुलाई थप ऐतिहासिक बनाउने पार्टीका रुपमा दर्ज गरेको छ । मंसीर १५ पछि कांग्रेसमा थुप्रै पटक कार्यसम्पादन र पदाधिकारी बैठक बसे । त्यतिले मात्रै नभएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर सक्रिय राजनीतिबाट विश्राम लिएको सन्देश दिईसकेका सभापति शेर बहादुर देउवाले आफ्नो नयाँ निवासमै पनि थुप्रैपटक छलफल गराए । ती छलफलमा नियमित कि विशेष, चुनाव अघि की पछि भन्नेमा व्यापक छलफल पनि भए । तर कुनै निचोड सार्वजनिक हुन सकेन । निचोड नै निस्केन या सार्वजनिक भएनन् त्यो चाँहि गर्भमै छ भनेपनि हुन्छ । किनकी बैठकमा एउटा कुरा बोल्ने वा सहमत हुने तर सार्वजनिक खपतका लागि बाहिर अरु नै कुराको रटान लगाउने पदाधिकारीको कांग्रेसमा कमी छैन । यो कुरामा पनि कांग्रेसमा पक्ष विपक्ष होला तर पनि सत्यका खातिर लाग्ने कार्यकर्ताहरु कांग्रेसका नेताको वास्तविक चरित्र बुझ्नुपर्ने बेला चाँहि आएको छ ।

    न कुनै निर्णय गरेर अधिवेशन सार्ने न कुनै खोस्टो सार्वजनिक गर्ने , कांग्रेसले देखाएको यो अलौकिक चरित्रले पार्टीभत्रका कार्यकर्ता मात्रै होईन सुभेच्छुकहरुलाई पनि दङ्ग पार्न थालेको छ । आज बिहानै कांग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले त कांग्रेसको यो चरित्रप्रति व्यङ्ग नै गरे सामाजिक सञ्जाल फेसबुकमा । यसरि पार्टीलाई नै वेवारिसे बनाएको आशयसहित आज अधिवेशन भनेर टोलमा प’ग्दा एउटा पनि कांग्रेस नभेटिएको भन्दै केन्द्रीय पदाधिकारीलाई लाज लाग्दैन भन्दै प्रश्न समेत गरेका छन् । लम्सालले लेखेका छन्,–“कांग्रेसको वडा अधिवेशन भन्दै टोल पुगें— एउटा पनि कांग्रेस भेटिएन! क्यालेन्डर दिने केन्द्रीय नेतृत्व कहाँ हरायो? हाम्रो टोलबाट त क्षेत्रीय प्रतिनिधि बन्न कोही निस्किएन। लाज लाग्दैन कांग्रेसका केन्द्रिय पदाधिकारीहरुलाइ ?”

    हुनपनि हो लम्सालले लेखेझै कांग्रेस पदाधिकारीलाई लाज लाग्नैपर्ने हो । तर त्यसका लागि पनि उनीहरु व्यस्त छन् । व्यस्त के मा भने आफ्ना कोही आफन्तलाई चुनावी टिकट दिएकै छैन भनेर स्पष्टिकरण दिँदैमा । कोही चाँही म किन निर्वाचन लड्दिन भनेर सञ्चारमाध्यममा अन्तरवार्ता दिँदैमा मस्त छन् ।
    कांग्रेसमा विशेष कि नियमित महाधिवेशन भन्ने बहस जेनजी प्रदर्शनपछि उत्पन्न अवस्थामा मात्रै बलियो बनाईयो । जबकी नेता शेखर कोईरालाले त अघिल्लो एकवर्षदेखिनै २०८२ मंसीरभित्र नियमित अधिवेशन गर्नैपर्छ भन्ने आवाज उठाएका थिए । तर त्यो आवाज कांग्रेस पदाधिकारीबाटै निस्तेज पार्न खोजीएको कुरा लुकेकै छैन । किनकी त्यसका लागि अत्यावश्यक क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने कामलाई चुस्तता दिन पदाधिकारीले नै झेल गरे । तर जब जेनजी परिवर्तनपछि देशको राजनीतिमा उछाल आयो, त्यसपछि भने यही मौका हो पार्टीमा कब्जा गर्ने , अग्रजलाई खुइल्याउने र सर्वेसर्वा मै राम्रो भन्ने जस्ता गतिविधीमा नै पदाधिकारी लागे । त्यो क्रियाकलाप कमसेकम सामान्य मानवीय मूल्य मान्यता राखेर अग्रजको सम्मानसहित, विश्वासमा लिँदै र समग्र पार्टीको हितमा भएको भए आज वडा अधिवेसन हुन्थेन होला र ?

    मुलुक निर्वाचन मय बनेको छ । हिजो विघटित प्रतिनिधि सभा पुनस्र्थापनालाई मुख्य एजेण्डा बनाएर अघि बढेका दलहरुसमेत निर्वाचनको तयारीमा छन् । कांग्रेस पनि सबैभन्दा अन्तिममा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाएरै भएपनि प्रतिनिधी सभा निर्वाचनमै होमिएको छ । अब यसले निर्वाचनपछि पार्टी महाधिवेसन की निर्वाचन अघि भन्ने मुद्धाको पनि करिब करिब छिनोफानो गरेकै होला । अब पनि सञ्जालमा ह्यासट्याग अभियान चलाएर रमाउनेलाई राष्ट्रिय निर्वाचनमा जनताले कस्तो मत प्रकट गर्लान ? यो पनि छर्लङ्ग छ ।

    आफ्नो नेतृत्वलाई समयमै निर्वाचनका लागि दबाब दिनु हरेक कार्यकर्ताको स्वभाविक र नैसंर्गिक अधिकार हो । तर नेतृत्वमा भएकाहरुले नै कर्तव्य र दायीत्वभन्दा बढी विद्रोहका कुरा अघि सारेर के सन्देश दिन खोजेको हो यसको स्पष्ट जवाफ भने जीवनभर रुख र चारतारा हेरेर कांग्रेसमै रहेका कार्यकर्ताहरुलाई दिनै पर्छ । त्यो पनि नसकेर र पार्टीभित्र सल्किएको भुसको आगोमै रम्ने हो भने सामान्य कार्यकर्ताहरुले भन्नेछन्,–‘राष्ट्रिय राजनीतिलाई सहि ट्रयाकमा ल्याउँछु भन्ने कांग्रेस राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन आफै असरल्ल छ । ’

     

    Post Views: 170
    प्रकाशित मिति: २०८२ पुष १६, बुधबार १०:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.