नेपाली काङ्ग्रेसका नेता तथा पुर्व महामन्त्री डा. सशाङ्क कोइरालाले लोकतान्त्रिक शक्तिहरुबीचको आमसहमति र एकता आजको अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सुभकामना सन्देश दिदै राष्ट्रिय राजनीतिलाई सही दिशामा लैजान मेलमिलाप सहकार्य र जिम्मेवार नेतृत्वको विकल्प नरहेको स्पष्ट पारेका हुन् ।
राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताको रक्षा राष्ट्रिय एकताबाट मात्र सम्भव भएको उल्लेख गर्दै कोइरालाले यही मर्मलाई आत्मसात गर्दै लोकतन्त्रको रक्षा, स्थायित्व र समृद्ध भविष्यका लागि हामीले आन्तरिक मतभेद, व्यक्तिगत स्वार्थ र अनावश्यक विवादलाई पछाडि छोड्नुपर्ने आवस्यकतामा जोड दिएका छन् । सन्देशमा भनिएको छ -” राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताको रक्षा राष्ट्रिय एकताबाट मात्र सम्भव छ । यही मर्मलाई आत्मसात गर्दै लोकतन्त्रको रक्षा, स्थायित्व र समृद्ध भविष्यका लागि हामीले आन्तरिक मतभेद, व्यक्तिगत स्वार्थ र अनावश्यक विवादलाई पछाडि छोड्नुपर्छ ।”
राष्ट्रिय मेलमिलापको विचार कुनै एक दलको नारा मात्र नभई सम्पूर्ण नेपाली समाजको साझा आवश्यकता बनेको पनि कोइरालाको दाबी छ । उनले भनेका छन् -” यस्तो अवस्थामा राष्ट्रिय मेलमिलापको विचार कुनै एक दलको नारा मात्र नभई सम्पूर्ण नेपाली समाजको साझा आवश्यकता बनेको छ । सत्ता र प्रतिपक्षभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा एकजुट हुनुपर्ने उपयुक्त समय आएको छ ।”
वीपी स्वदेश फर्केको पाँच दशकपछि आज विश्व राजनीति पूनः अस्थिरता, दबाब र स्वार्थको घेरामा प्रवेश गरेको अनुभुति भइराखेको उल्लेख गर्दै बिपि पुत्रसमेत रहेका कोइरालाले जनताको विश्वास र भरोषा प्राप्त गर्न सकिएन भने कुनैपनि राजनीतिक शक्ति इतिहासको पन्नामा सीमित हुनसक्ने कटु यथार्थ हामीले स्वीकार गर्नैपर्ने जिकिर पनि गरेका छन् ।
आजकै दिन स्व. वीपी कोइराला, गणेशमान सिंह लगायत नेताहरुले राष्ट्रिय मेलमिलापको सन्देश बोकेर लामो प्रवास जीवन त्याग्दै स्वदेश फर्किने साहसी निर्णय गर्नुभएको स्मरण गर्दै कोइरालाले वीपीको उक्त निर्णय राष्ट्रको अस्तित्व जोगाउने ऐतिहासिक साहसिक कदमक रुपमा चित्रण गरेका छन् ।
कोइरालाले नयाँ चुनौतीहरुका बीच सार्वभौम नागरिक अधिकारलाई मजबुत बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास सँगै लोकतन्त्रको रक्षार्थमा जोड पनि दिएका छन् । उनले थपेका छन् -“राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नोपाली कांग्रेसले संमग्र देशको आवश्यकताको सहि नेतृत्व प्रदान गर्दै देशको समस्या समाधान गर्न आजको दिनले सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु ।”






