• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

चालु आर्थिक वर्षभित्रै पूर्वपश्चिम राजमार्गका १२ पुल मर्मत गरिँदै

  •  नेपाल चौतारी
  • २०८२ पुष २३, बुधबार ०९:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कञ्चनपुर । महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुदूरपश्चिम खण्डमा पर्ने १२ पुल मर्मत तथा सुरक्षा सुदृढीकरण अगाडि बढाएको छ ।

    कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको सडक खण्डमा रहेका ती पुलको मर्मत अघि बढाइएको हो । पुल आयोजना कार्यालयका इन्जिनियर रवि शाहका अनुसार चौधर नदी, वनगाउँ खोला, भाँसी खोला, काँगला खोला, च्यानल क्रसिङ, पथरिया नदी, स्याली नदी, वनहरा नदी, अम्खैया खोला, बालुवा खोला, गौरीगङ्गा खोला र लिक्मा खोलामाथि रहेका पुल मर्मत भइरहेको छ ।

    विश्व बैंकको आर्थिक सहयोगमा ठेक्का प्रक्रियामार्फत रु. एक करोड ९१ लाख ८२ हजार ४८२ को लागतमा पुलहरू मर्मत भइरहेको उनले जानकारी दिए । “पुलको अवस्था (कन्डिसन रेटिङ)का आधारमा वर्गीकरण गरी मर्मत कार्य अगाडि बढाएका छौँ”, इन्जिनियर शाहले भने, “समस्या पहिचान गरी प्राथमिकताका आधारमा मर्मत भइरहेको छ ।”

    मर्मत कार्यअन्तर्गत सस्पेन्सन जोइन्ट, डब्लु–बिम बेरियर, बेरियर रोड पासिङ, क्याच आइ, डेलिनेटर पोस्ट तथा रेलिङ मर्मतजस्ता प्राविधिक काम भइरहेका छन् । गत मङ्सिर २१ गतेदेखि सुरु भएको यो कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नियमित मर्मत र सुरक्षा सुदृढीकरणले राजमार्गमा सवारी आवागमन सुरक्षित हुनुका साथै पूर्वाधारको टिकाउपन बढ्ने विश्वास आयोजना कार्यालयको रहेको छ ।

    Post Views: 84
    प्रकाशित मिति: २०८२ पुष २३, बुधबार ०९:४९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने
    निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार
    गिद्ध संरक्षणमा ऐतिहासिक सफलता
    Advertisement
    ताजा अपडेट
    • १. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    • २. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • ३. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    • ४. घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ५. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.