• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

माडी नगरपालिकाले फोहर व्यवस्थापनमा ‘कलेक्ट एण्ड पे’ ढाँचा लागू गर्ने

  •  नेपाल चौतारी
  • २०८२ पुष २३, बुधबार १४:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नारायणगढ, (चितवन) । ‘सम्पदा सम्पन्न माडी नगर, इको कृषि र पर्यटनको सहर’ भन्ने नारासहित अघि बढ्दै आएको चितवनको माडी नगरपालिकाले फोहर व्यवस्थापनमा नयाँ विधि अपनाउने भएको छ । नगरले घरघरबाट संकलन हुने फोहर वर्गीकरण गरी तौलका आधारमा पैसा दिएर किन्ने ‘कलेक्ट एण्ड पे’ ढाँचा लागू गर्न लागेको हो ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार नगरभित्रका घरधुरीबाट संकलन हुने फोहर घरबाटै वर्गीकरण गरिनेछ र टोल विकास संस्थामार्फत तौलका आधारमा रकम भुक्तानी गरिनेछ । उनले भने, “हामीले फोहर व्यवस्थापनमा पारम्परिक तीन प्रकारको वर्गीकरणभन्दा फरक सात प्रकारको वर्गीकरण लागू गर्ने निर्णय गरेका हौँ ।” यस ढाँचाअन्तर्गत फोहर संकलन गर्ने गाडीमा सात प्रकारका छुट्टाछुट्टै टोकरी राखिनेछन् ।

    वर्गीकरणमा कागज, प्लास्टिक झोला (सादा), प्लास्टिक बोतल, प्रयोगयोग्य सिसाका बोतल, धातुजन्य सामग्री, रङ्गीन मेटालिक प्लास्टिक र अन्य वर्गीकरणमा नपरेका फोहर रहने प्रशासकीय अधिकृत भुसालले जानकारी दिए। उनले सोहीअनुसार कुन फोहर कति तौलको छ र अवस्था कस्तो छ भन्ने आधारमा प्रत्येक महिनाको अन्त्यमा घरधुरीलाई रकम भुक्तानी गरिने बताए ।

    भुसालका अनुसार बजार मूल्यका आधारमा बिक्रीयोग्य फोहरको मूल्य निर्धारण गरिनेछ । “घरमा एकै दिन धेरै फोहर जम्मा हुँदैन र सबै प्रकारका फोहर बिक्रीयोग्य पनि हुँदैनन् । बिक्ने फोहरको पैसा दिइन्छ, औषधिजन्य वा प्रयोगमा नआउने खतरनाक फोहर छुट्टै व्यवस्थापन गरिन्छ”, भुसालले भने ।

    चाउचाउ, बिस्कुट, गुट्खालगायत प्लास्टिकजन्य फोहरबाट टायल, इन्टरलक, टाँकजस्ता निर्माण सामग्री उत्पादन हुने भएकाले वातावरणमा बढी असर पार्ने यस्ता फोहरलाई नगरपालिकाले अन्य फोहरभन्दा महँगो मूल्यमा किन्ने प्रशासकीय अधिकृत भुसालले उल्लेख गरे ।

    उनका अनुसार ती फोहर लुम्बिनी प्रदेशको राप्ती गाउँपालिकामा रहेको प्लान्टमा पठाउने योजना बनाइएको छ । “यस्ता फोहर बढी हुने भएकाले वातावरणमा असर पर्छ, त्यसैले सरसफाइमा टेवा पुग्नेगरी ती फोहर किन्ने व्यवस्था गरेका हौँ”, उनले थपे ।

    भुसालले यस ढाँचाले फोहर व्यवस्थापन थप प्रभावकारी हुने र नागरिकमा सरसफाइ तथा फोहर छुट्टयाउने बानी विकास हुने विश्वास व्यक्त गरे । नगरपालिकाले योजना कार्यान्वयनको तयारी गरिरहेको बताउँदै हाल टोल विकास संस्थाहरूलाई अभिमुखीकरण गरिरहेको उनले जानकारी दिए ।

    माडी नगरपालिकामा दैनिक करिब आठ टन फोहर संकलन हुने गर्दछ । पूर्व, पश्चिम र उत्तरतर्फ चितवन राष्ट्रिय निकुञ्ज, चुरे पहाड तथा दक्षिणतर्फ सोमेश्वर पर्वतमालाले घेरिएको हरियाली उपत्यका तथा जैविक विविधताले सम्पन्न माडीमा करिब १० हजार घरधुरी बसोबास गर्दै आएका छन् ।

    Post Views: 51
    प्रकाशित मिति: २०८२ पुष २३, बुधबार १४:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ट्राफिकद्वारा काठमाडौंमा २४ घण्टामा २३ लाख २० हजार राजस्व संकलन
    गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाहले आफैँ सम्हाल्ने
    सुधन गुरुङको सन्देश: रामराज्यका लागि त्याग र साहस चाहिन्छ
    Advertisement
    ताजा अपडेट
    • १. पूर्वप्रधानमन्त्री ओली च्यासलको पार्टी कार्यक्रममा अनुपस्थित

    • २. ट्राफिकद्वारा काठमाडौंमा २४ घण्टामा २३ लाख २० हजार राजस्व संकलन

    • ३. नेप्से परिसूचक २.९५ अंकले घट्यो

    • ४. गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाहले आफैँ सम्हाल्ने

    • ५. सुधन गुरुङको सन्देश: रामराज्यका लागि त्याग र साहस चाहिन्छ

    चर्चित
    • १. संसदीय समितिमा एमाले र नेकपाका उमेदवारलाई सघाउन कांग्रेसको ह्वीप

    • २. स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)

    • ३. सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता,विशेष महाधिवेशन अनुमोदित

    • ४. एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

    • ५. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.