• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विवादबीच आह्वान भयो काँग्रेसको विशेष महाधिवेशन

  •  नेपाल चौतारी
  • २०८२ पुष २३, बुधबार १५:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। नेपाली काँग्रेसमा देखिएको पछिल्लो विवादबीच विशेष महाधिवेशन आह्वान गरिएको छ ।

    विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौँमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने आह्वान गरेको हो ।

    ‘पार्टीले २०८२ पौष २८ भित्र १५ औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५ औँ महाधिवेशन सम्पन्न हुन सकेन,’ विशेष महाधिवेशन पक्षधरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस्तो अवस्थामा हाम्रो मागबमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको छ ।’

    बाध्यकारी अवस्थामा आफूहरूले विशेष महाधिवेशन आह्वान गरिएको विशेष महाधिवेशन पक्षधरले जनाएको छ ।

    ‘विधानको यही मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पौष २७ र २८ गते काठमाडौँमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

    विशेषका लागि सचिवालयका तर्फबाट शान्ति सुरक्षाका व्यवस्थाका लागि स्थानीय प्रशासनमा पत्राचार समेत भइसकेको छ ।

    विशेष पक्षधरले महाधिवेशनका लागि यसअघि नै भृकुटीमण्डप ‘बुकिङ’ गरिसकेको छ ।

    सचिवालयले विशेष महाधिवेशनका लागि विभिन्न उपसमितिहरू पनि गठन गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

    महामन्त्रीद्वय थापा र शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले अब विशेष महाधिवेशनको विकल्प नभएको जनाएको छ । तर सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ को प्रतिनिधि सभा निर्वाचन अगाडि विशेष महाधिवेशन गर्न नसकिने जनाएको छ ।

    Post Views: 184
    प्रकाशित मिति: २०८२ पुष २३, बुधबार १५:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने
    अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
    ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’
    Advertisement
    ताजा अपडेट
    • १. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • २. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    • ३. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    • ४. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • ५. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ४. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ५. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.