• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

म्याग्दीमा निर्वाचन प्रहरी भर्ना खुल्यो, ६५१ जनाका लागि आवेदन आह्वान

  •  नेपाल चौतारी
  • २०८२ पुष २४, बिहीबार २०:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    म्याग्दी । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै म्याग्दी जिल्लामा ६५१ जना निर्वाचन प्रहरी भर्नाका लागि आवेदन आह्वान गरिएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले मिति २०८२ भदौ २४ गते जारी गरेको एकीकृत सूचनाअनुसार नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत निर्वाचन प्रहरी पदका लागि योग्य नेपाली नागरिकबाट दरखास्त माग गरिएको हो ।

    सूचना अनुसार निर्वाचन प्रहरीका लागि आवेदन दिने अन्तिम मिति २०८२ असोज ९ गतेसम्म तोकिएको छ । आवेदन जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दी तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर गलेश्वर म्याग्दीबाट प्राप्त गर्न र बुझाउन सकिने जनाइएको छ ।

    भर्ना प्रक्रियाअन्तर्गत उम्मेदवारको उमेर सीमा दरखास्त फाराम भर्ने अन्तिम मितिसम्म कम्तीमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । साथै, नेपाली नागरिकता भएको, सामान्य लेखपढ गर्न जान्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने योग्यता तोकिएको छ ।

    निर्वाचन प्रहरी भर्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका पूर्व सेवामा रहेका वा विभिन्न तहका निर्वाचनमा निर्वाचन प्रहरीको रूपमा अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

    छनोट प्रक्रियाअन्तर्गत प्रारम्भिक छनोट, शारीरिक परीक्षण तथा स्वास्थ्य परीक्षण पूरा भएपछि अन्तिम नतिजा प्रकाशन गरिनेछ । चयन भएका निर्वाचन प्रहरीलाई निर्वाचन अवधिभर खटाइने र नेपाल सरकारद्वारा तोकिएको सेवा सुविधा उपलब्ध गराइने जनाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न पर्याप्त जनशक्ति व्यवस्थापन गर्न निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको हो ।

    Post Views: 95
    प्रकाशित मिति: २०८२ पुष २४, बिहीबार २०:४९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने
    निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार
    गिद्ध संरक्षणमा ऐतिहासिक सफलता
    Advertisement
    ताजा अपडेट
    • १. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    • २. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • ३. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    • ४. घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ५. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ४. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    • ५. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.