• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

महामन्त्रीद्धयलाई प्रश्न ,उडिरहेको बिमान दुर्घटना गराउने कि सुरक्षित उडान भर्ने पाइलट बन्ने ?

  •  डम्बर अधिकारी
  • २०८२ पुष २५, शुक्रबार १२:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेस पार्टीलाई यतिबेला उडिरहेको बिमानको रुपमा परिकल्पना गर्ने हो भने पार्टी सभापति शेरबहादुर देउवा पाइलट हुन् भने महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा को —पाइलट हुन् । ४ बर्ष अगाडि १४ औं महाधिवेशनमा निर्वाचन जितेपछि सभापति देउवा तथा महामन्त्रीद्धय थापा र शर्मा एउटै बिमानमा बसेर पार्टी संगठन हाँकिरहेका थिए । यो ४ बर्षको अवधिमा सुरुको केही समय पार्टी सभापति देउवा र महामन्त्रीद्धय बीच केही मत भिन्नता देखिएपनि पछिल्लो समय मौन सहमतिका आधारमा पार्टी संगठन अगाडि बढि रहेको थियो । पार्टी सभापति देउवा र महामन्त्रीको सहमति प्रमुख दुई दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)को गठबन्धन सरकार निर्माण समेत हुन पुग्यो । यो बीचमा सभापति देउवा र महामन्त्रीद्धय बीच विभिन्न मुद्धामा मतभेद भने भई राखे । लोकतान्त्रिक पार्टी भित्र यस किसिमको मतभेद हुनुलाई पार्टीका नेता तथा कार्यकर्ताले सामान्य रुपमा लिईरहेका थिए ।

    कांग्रेस भित्र पार्टी सभापति र पदाधिकारीबीच मतभेद सिर्जना हुनु कुनै नौलो विषय होइन । पार्टी स्थापनाकालमा विपी कोइराला र मातृकाप्रसाद कोइरालाबीच मतभेद सिर्जना हुन पुगेको थियो । विपी र मातृकाबीच मतभेदले सिमा नाघ्दा मातृका कांग्रेसबाट बाहिरिन पुगे ।बिपी र सुवर्ण शम्सेर बीच मतभेद सिर्जना नभएको होइन । त्यस्तै २०४६ सालको परिवर्तन पछि गणेशमान सिंह र कृष्णप्रसाद भट्राई सँग गिरिजाप्रसाद कोइरालाको विवाद हुँदा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई पार्टीबाट बाहिरिन पुगे ।त्यस्तै गिरिजाप्रसाद कोइराला र हालका कांग्रेस सभापति शेरबहादुर देउवाबीच विवाद हुँदा देउवा पार्टीबाट निष्कासित हुन पुगे र नेपाली कांग्रेस (प्रजातान्त्रिक)स्थापना हुन पुग्यो । अन्ततः पार्टी एकीकरण पछि देउवा स्वयं दुई पटक सिंगो कांग्रेसको सभापति बन्न पुगेका छन् ।

    पार्टी सभापति देउवाको दोस्रो कार्यकालको समय सकिन लाग्दै गर्दा कांग्रेस भित्र नेतृत्व हस्तान्तरण बहस सुरु हुन थालेको थियो । यद्यपी पार्टी विधानमा कार्य समितिको अवधि एक बर्ष पछाडि सम्म महाधिवेशन पछाडि धकेल्ने व्यवस्था रहेको हुँदा अर्को बर्षको मंसिर सम्म कांग्रेसको १५ औं महाधिवेशन धकेलिन सक्ने अड्कलबाजी पार्टी भित्र र बाहिर गरिएको थियो ।तर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले मुलुकको राजनीतिमा ठूलो पराकम्पन गएसँगै कांग्रेस भित्र नेतृत्व हस्तान्तरणको वहस ज्वलन्त रुपमा उठ्न थाल्यो । जेनजी आन्दोलनको मुख्य मुद्धा भनेको नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु थियो । कांग्रेस भित्र पनि जेनजी आन्दोलनको मुद्धा पेचिलो रुपमा उठ्न थाल्यो र त्यसको नेतृत्व महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गर्न पुगे ।महामन्त्रीद्धयले नेतृत्व गरेको मुद्धामा पार्टीका अन्य नेता तथा कार्यकर्ताहरुको सर्मथन रहन पुग्यो । महामन्त्रीद्धयले उठाएको मुद्धालाई सुरक्षित ढंगले अवतरणका लागि पार्टी भित्र विशेष महाधिवेशन गर्नुपर्ने आवाज सशक्त ढंगले उठ्यो ।तर पार्टीको संस्थापन पक्ष महामन्त्रीद्धयले उठाएको विशेष महाधिवेशनको मुद्धाप्रति सकारात्मक देखिएन ।

    अन्ततः विशेष महाधिवेशनको मुद्धालाई छाडेर पुस १६ देखि १५ औं महाधिवेशनको कार्यतालिका कांग्रेस केन्द्रीय कार्यालय सार्वजनिक गरयो । कार्यकतालिका सार्वजनिक भएसँगै सदस्यता नविकरण तथा नयाँ क्रियाशिल सदस्यता वितरणको अभियानले गति समेत लियो । सदस्यता नविकरण र क्रियाशिल सदस्यता वितरणको अभियानले गति लिदै गर्दा निर्धारित मितिमा महाधिवेशन प्रक्रिया अगाडि बढ्ने पार्टीका नेता तथा कार्यकर्ता आशावादी रहेका थिए ।तर पुस १६ मा महाधिवेशन प्रक्रिया बिना सूचना स्थगित हुन पुगेपछि पार्टी भित्र महामन्त्रीद्धयले बिशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाएको घोषणा गरे ।जुन घोषणाप्रति पार्टी सभापति देउवा र संस्थापन पक्षले असहमति जनाउँदै आईरहेको छ । संस्थापन पक्षले महामन्त्रीद्धयले आव्हान गरेको बिशेष महाधिवेशनमा सहभागी नहुन निर्देशन नै जारी गरेको छ ।
    पार्टी संस्थापन पक्षले विशेष महाधिवेशनमा सहभागी नहुने निर्देशन जारी गर्दै गर्दा महामन्त्री थापा र शर्मा पक्ष भने राजधानीको भृकृटी मण्डमा पुस २७ गते उद्घाटन गर्ने गरी विशेष महाधिवेशनको तयारीमा जुटेका छन् । महामन्त्री पक्षधरले आव्हान गरेको विशेष महाधिवेशनमा सहभागी हुनका लागि महामन्त्री पक्षधर पार्टीका केही नेता तथा कार्यकर्ता राजधानी पुगि सकेका छन् भने अन्य नेता तथा कार्यकर्ता जाने तयारीमा रहेका छन् । विशेष महाधिवेशन तयारीमा रहेका महामन्त्री पक्षधरका नेता तथा कार्यकर्ताको एकमात्र नारा भनेको पार्टी सभापति देउवालाई नेतृत्वबाट हटाउनु । त्यसका लागि विशेष महाधिवेशन पक्षधर न्वारन देखिको बल लगाई रहेका छन् ।

    यतिबेला जेनजी आन्दोलनको जगमा पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार रहेको छ । अन्तरिम सरकार फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गर्ने तयारीमा जुटि रहेको छ ।निर्वाचनको पूर्व सन्ध्यामा पार्टी एक भई बहुमत प्राप्तिका लागि तयारीमा जुट्नु पर्ने बेला हो ।तर पार्टी महामन्त्री पक्षधर बिशेष महाधिवेशनको तयारीमा जुटि रहेका छन् । कांग्रेस भित्रको पछिल्लो अवस्था हेर्ने हो भने पार्टी लगभग विभाजनको अवस्थामा पुगि सकेको छ । विभाजित अवस्थामा कांग्रेस फागुन २१ को निर्वाचनमा गयो भने कांग्रेसको हविगत के होला ? सहजै अनुमान लगाउन सकिन्छ । विशेष महाधिवशेन पक्षधर अहिले जुन उत्साहका साथ तयारीमा जुटेका छन् ।निर्वाचन हारेको दिन परिवारको सदस्य गुमाएर दाह संस्कार गरि घाटबाट फर्के जस्तो हुनेछ ।

    मतभेदकै बाबजुद पनि आजका मिति सम्म महामन्त्रीद्धय थापा र शर्मा को —पाइलटका रुपमा बिमान रुपी कांग्रेस पार्टीको उडान भरि रहेका छन् । पाइलटको सिटमा बसेर उडान भर्ने थापा र शर्मा तीब्र हुटहुटी रहेको छ । तर महामन्त्रीद्धयले उडान भरेको बिमान यतिबेला बादल भित्र छिरेर पहाडसँग ठोक्किने अवस्थामा पुगेको छ । यदि बुद्धिमता पूर्वक बिमानलाई अवतरण सकिएन भने बिमान पहाडमा ठोक्किएर दुर्घटना हुने निश्चित छ । दुर्घटनाग्रस्त बिमानको सिटमा बसेर पार्टीको उडान भर्ने सपना महामन्त्रीद्धयले देखेका हुन् भने भ्रम बाहेक अरु केही हुने छैन ।दुर्घटनाग्रस्त बिमानको सिटमा बस्ने गलत निर्णयलाई तत्काल परिवर्तन गरी विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा परिणत गरी कांग्रेसलाई एक ढिक्का बनाई अगाडि बढ्ने विषयमा महामन्त्रीद्धयले विवेकपूर्ण निर्णय गर्नु बुद्धिमता देखिन्छ । पार्टी महामन्त्रीद्धयले पुस २७ गते आव्हान गरेको विशेष महाधिवेशनका सहभागी माँझ आफ्ना धारणा स्पष्ट रुपमा राखि ३ महिना पछाडि घोषणा गरिएको नियमित महाधिवेशनको तयारीमा जुट्दा अति नै बुद्धिमता देखिन्छ ।यतिखेर कार्यकर्ताको सहानुभूति हेर्ने हो महामन्त्रीद्धय प्रति सहानुभूति रहेको छ । अहिलेको असहज परिस्थितीलाई समाधान गरेको खण्डमा महामन्त्रीद्धय प्रति अझ सहानुभूति बढ्ने छ र नियमित महाधिवेशनमा थप बलियो बन्ने देखिन्छ । तर यत्ति हो कि अहिलेको विषय परिस्थितीमा सहि निर्णय लिन भने सक्नु पर्दछ ।

    अन्तमा, छिटो गए गन्तव्यमा पुग्न सकिन्छ कि सकिन्न यसै भन्न सकिन्छ तर नियमित गतिमा गए अवश्य पुग्न सकिन्छ भनेर यो लेख मार्फत भन्न खोजिएको हो । पार्टीका महामन्त्री गगन थापा कांग्रेस पार्टीको सभापति हुनै हुन्न पनि भन्ने खोजिएको होइन । विशेष महाधिवेशन भएन भने कांग्रेस पार्टी नै रहन्न र सभापतिका लागि प्रतिस्पर्धा गर्न पाइदैन भने जसरी महामन्त्री थपा आत्तिनु हुँदैन भन्न मात्र खोजिएको हो । पार्टी सभापति शेरबहादुर देउवाले पार्टी सभापति र संसदीय राजनीतिबाट बिदा लिनै पर्छ । जुन पछिल्लो पुस्ताको माग पनि हो । तर देउवाले पार्टी सभापति र संसदीय राजनीतिबाट बिदा लिएर महामन्त्री थापा पार्टीको नेतृत्वमा पुग्दै जिल्ला— जिल्लामा युवा पुस्ताले नेतृत्व गर्ने वातावरण सिर्जना हुनु जरुरी छ ।त्यसका लागि वडा देखि केन्द्र तह सम्म एकै चरणमा नेतृत्व परिवर्तन गर्ने अवस्था सिर्जना होस् ।केन्द्रमा महामन्त्री थापालाई अगाडि सारेर जिल्लामा विगतकै पुरानो पुरानो पुस्ताले हाली मुहाली गर्ने प्रवृतिको अन्त्य हुनु जरुरी छ । विशेष महाधिवेशन आव्हान गरेर महामन्त्रद्धयले निदाएर बसेका कांग्रेसीजनलाई निन्द्राबाट व्यूझाउँने कार्य गरेका छन् ।त्यसलाई सकारात्मक हिसाबले हेरिनु पर्छ ।आजका मिति सम्म विशेष महाधिवेशन आव्हान गरेर केही बिग्रेको छैन ।

    विशेष महाधिवेशनलाई नीति महाधिवेशनका रुपमा रुपमा रुपान्तरण गरी घोषित मितिमा महाधिवेशन सम्पन्न गर्ने र फागुन २१ का लागि घोषणा गरिएको संसदीय निर्वाचनमा होमिनका लागि कांग्रेसको तर्फबाट पूर्णबहादुर खड्कालाई कमाण्डर र महामन्त्रीद्धयलाई सह—कमाण्डर घोषणा गरि निर्वाचन पछिको प्रधानमन्त्री नयाँ अनुहारलाई बनाउने संकल्प प्रस्ताव पारित गर्न सकेको खण्डमा कांग्रेस पार्टी प्रति जनताले विश्वास गर्ने ठाउँ सिर्जना हुने थियो । कांग्रेस भित्रको पछिल्लो घटनाक्रमलाई जोडेर एक थरीले महामन्त्री थापाको राजनीति संकटमा परयो भनेर टिकाटिप्पणी गरिरहेका छन् ।तर थापाले पार्टी भित्र शक्ति आर्जन गरिरहेका छन् । थापाले आर्जन गरेको शक्ति जोगाई राख्न सकेको खण्डमा तीन महिना पछि हुने महाधिवेशनमा सभापतिका लागि संस्थापन इतर पक्षबाट बलियो उम्मेदवार बन्ने छन् ।यत्ति हो कि तीन महिना पछि महाधिवेशन सम्मका लागि धैर्य गर्न भने सक्नु पर्यो । बिमानको पाइलटको जिम्मेवारी पाउने अन्तिम चरणमा रहेका महामन्त्रीद्धय त्यसमा पनि थापाले को —पाइलटको भूमिका जिम्मेवार ढंगले निर्वाह गर्छन कि गर्दैनन् त्यो भने महत्वपूर्ण विषय हो । पार्टी संगठनमा को—पाइलटको भुमिकामा रहेका महामन्त्रीद्धयले बिमान दुर्घटना गराएको दुःखद खबर कांग्रेस कार्यकर्ता र जनताले सुन्न तथा देख्न नपरोस् ।

    Post Views: 366
    प्रकाशित मिति: २०८२ पुष २५, शुक्रबार १२:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.