• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित

  •  नेपाल चौतारी
  • २०८२ पुष २५, शुक्रबार १३:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चौतारा । यहाँको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाँडाका किसान टिप्ने बेलाको सुन्तला कीरा लागेर बोटबाटै झर्न थालेपछि चिन्तित बनेका छन् । बिक्रीका लागि तयार भएको सुन्तलामा औँसे कीरा र पतेरो लागेपछि किसान चिन्तित बनेका हुन् ।

    विगतमा लाखौँको आम्दानी दिलाउने सुन्तला खेती अहिले रोग र कीराको प्रकोपका कारण नष्ट हुँदै गएको स्थानीय किसान भोजबहादुर कार्कीले बताए। फल झर्ने, कीरा प्रकोप र रोगले गर्दा अहिले बजारसम्म ल्याउन मुस्किल भइरहेको उनको गुनासो छ ।

    लामिडाँडाकै अर्का किसान कृष्णबहादुर कार्कीले पनि सुन्तला बेचेर केही वर्ष अघिसम्म लाखौँ आम्दानी गरेका थिए । तर हालै उनको बगैँचामा पनि सुन्तलाको बोटमा रोग र सङ्क्रमणका कारण ठूलो क्षति पुगेको छ ।

    लामिडाँडामा सुरुमा तीन घरले सुन्तला रोप्ने अभियान थालेका थिए। हाल हरेकजसो घरमा १५ देखि ५० बोटसम्म सुन्तला छन् । तर सबै किसानले लगाएको सुन्तलामा उस्तै समस्या छ । मौसमी प्रकोपबाट सुरु भएको क्षति अहिले ‘कीरा–रोग’ को ठूलो महामारी बनेको छ । असिनाले फूल नष्ट गर्नेदेखि वर्षात्ले असर पारेको छ भने पहिले जस्तो पानी नपर्ने र परिहालेमा ठूलो पर्ने समस्या छ । यो बदलिँदो मौसमले उत्पादनमा नकारात्मक प्रभाव परेको स्थानीय किसान धनबहादुर तामाङ बताउछन् ।

    जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकका कृषि अधिकृत सुयोग भण्डारी रोग कीराले सङ्क्रमित फल माटोमै सड्न नदिने गरी खाल्डो खनेर गाड्नुपर्ने बताउछन् । झरेका फलका लार्भा माटोभित्र गई अर्को वर्ष झनै ठूलो प्रकोप ल्याउन सक्ने भएकाले लार्भालाई माटोमै सड्न दिन नहुने उनले बताए । रोग र कीराको प्रकोप नियन्त्रण गर्न समय लाग्ने उनको भनाइ छ ।

    Post Views: 58
    प्रकाशित मिति: २०८२ पुष २५, शुक्रबार १३:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?
    शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने
    अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने
    Advertisement
    ताजा अपडेट
    • १. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • २. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    • ३. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    • ४. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • ५. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ४. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ५. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.