• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

‘कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छ’: महानिरीक्षक कार्की

  •  नेपाल चौतारी
  • २०८२ पुष २६, शनिबार १९:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले कठिन परिस्थिति र ठुलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताएका छन् ।

    काठमाडौँ उपत्यका ट्राफिक कार्यालयद्वारा आज आयोजित सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह, २०८२ को शुभारम्भ गर्दै आइजिपी कार्कीले गत भदौ २३ र २४ गते भएको जेन जेड प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय तथा भवनमा आगजनी गरिएको, ट्राफिक प्रहरीका संरचना र उपकरणहरूमा ठुलो क्षति पुगेको स्मरण गराए ।

    उनले भने, “आन्दोलनका क्रममा प्रहरीका विभिन्न कार्यालयमा ठुलो क्षति भयो । त्यस कठिन घडीमा पनि प्रहरीका खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा समेत नागरिकको सुरक्षाका लागि सडकमा उभिइरह्यो । हामी अहिले खरानीबाट उठेर पनि नागरिकको सुरक्षा सुनिश्चित गर्न सडकमा छौँ ।”

    महानिरीक्षक कार्कीले ट्राफिक सप्ताह, २०८२ लाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई, नागरिक चेतना अभिवृद्धिको अभियानका रूपमा लिन आग्रह गरे । उनले नेपालका सवारी चालकदेखि पैदल यात्रुसम्म सबैले सभ्य, शिष्ट र जिम्मेवार नागरिकको व्यवहार देखाउँदै ट्राफिक नियमको पूर्ण पालना गर्ने विश्वास व्यक्त गरे ।

    “ट्राफिक प्रहरीले हात हल्लाएर सडकमा ड्युटी गर्नुपर्ने अवस्था अन्त्य होस्”, उनले भने, “सभ्य नागरिक बनौँ, ट्राफिक नियम पालना गरौँ । यही नै ट्राफिक सप्ताह, २०८२ को मूल उद्देश्य हो ।”

    आइजिपी कार्कीले कानुनको प्रभावकारी कार्यान्वयनबाट कानुनी शासन स्थापना हुने, कानुनी शासनबाट सुशासन आउने र सुशासनले समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्‍याउने उल्लेख गरे । साथै, ट्राफिक सप्ताहको सफलताका लागि आम नागरिकको सक्रिय साथ, सहयोग र सहभागिता अपरिहार्य रहेको बताए ।

    कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले अभियानमाथि प्रकाश पार्दै जेन जेड युवाहरूको आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा भएको क्षतिको स्मरण गर्दै उक्त आगजनीका कारण ट्राफिक प्रहरीका संरचना ध्वस्त भएको, उपकरण नष्ट भएको र कार्यालयमा रहेका नागरिकका महत्त्वपूर्ण कागजात जलेको बताए ।

    “आम नागरिकको सहयोगमा हामी अहिले पुनर्निर्माणको चरणमा छौँ,” उनले भने, “भविष्यमा यस्ता ध्वंसात्मक गतिविधि नदोहोरिउन् भन्ने हाम्रो कामना छ । सबै नागरिकले ट्राफिक नियमको अक्षरस पालना गर्नु हुने छ भन्ने हाम्रो विश्वास छ ।”

    उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ईश्वर कार्कीले सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह, २०८२ को सफलताको शुभकामना व्यक्त गरे ।

    उनले काठमाडौँ उपत्यकामा बढ्दो सवारी चाप र दुर्घटनाका घटनालाई न्यूनीकरण गर्न सबै पक्ष प्रहरी, चालक, यात्रु र सर्वसाधारण सजग र जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याए ।

    कार्यक्रममा काठमाडौँ महानगरपालिकाका नगर उपप्रमुख सुनिता डंगोलले शिक्षित वर्गलगायत आम नागरिकबाट नै ट्राफिक नियमको उलंघन हुने भएकाले उक्त कुरा यही अभियानबाट अन्त गर्नुपर्ने धारणा राखिन् ।

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी, विभिन्न नगरपालिकाका प्रमुख उपप्रमुखहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका उच्च अधिकारी, कलाकार, सञ्चारकर्मी लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो । उक्त अभियान आजदेखि सुरु भई आउँदो माघ ३ गतेसम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत ट्राफिक सचेतना, नियम पालना, सवारी अनुशासन, पैदल यात्री सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

    Post Views: 82
    प्रकाशित मिति: २०८२ पुष २६, शनिबार १९:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?
    शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने
    अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने
    Advertisement
    ताजा अपडेट
    • १. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • २. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    • ३. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    • ४. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • ५. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.