• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

घातनको वडा कार्यालय जोड्ने सडक कालोपत्रे

  •  नेपाल चौतारी
  • २०८२ पुष २७, आईतवार १०:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    म्याग्दी । बेनी नगरपालिका-९ घातनको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक कालोपत्रे भएको छ । पक्की सडक निर्माण भएपछि यात्रा अवधि छोटिनुका साथै जीर्ण सडकमा जोखिम मोलेर सकसपूर्ण यात्रा गर्नुपर्ने समस्या हटेको छ । पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी–पाखा पानी सडक योजनामार्फत बेनी नगरपालिका–९ भुतादैलादेखि नेप्टेचौर खण्डमा कालोपत्रे भएको हो ।

    दुई किलोमिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्रे गर्ने काम सम्पन्न भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँले बताए । कालोपत्रे भएको सडकमा रङ लगाएर डिलतर्फ बार राख्ने र ट्राफिक संकेत चिह्नहरू राख्ने काम भइरहेको उनले बताए । गत मङ्सिर दोस्रो सातादेखि कालोपत्रे गर्न थालिएको थियो ।

    बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार २०५६ सालमा तत्कालीन जिल्ला विकास समितिले मार्ग खोलेको यो सडक २७ वर्षपछि कालोपत्रे भएको हो । नेप्टेचौरका बासिन्दा फौदबहादुर चोखालले धुलो र हिलोबाट मुक्ति मिल्नुका साथै यात्रा अवधि छोटिएको, दुर्घटनाको जोखिम घटेको, झञ्झट र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको बताए ।

    यसअघि नेप्टेचौरदेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकामा अहिले १५ मिनेटमा यात्रा अवधि छोटिएको उनले बताए । सडक कालोपत्रे भएपछि सार्वजनिक यातायात र ढुवानीको भाडा समायोजनका लागि नगरपालिकासँग उनले आग्रह गरे । बेनीदेखि भुतादैलासम्म करिब पाँच किलोमिटर सडक बेनी नगरपालिका र प्रदेश सरकारले यसअघि नै कालोपत्रे र ढलान गरेका थिए ।

    बेनी–पाखा पानी सडक निर्माणका लागि २०८१ साल जेठमा पूर्वाधार विकास कार्यालय र मङ्गलादेवी–सुवास कन्ट्रक्सनबीच रु. १० करोड १६ लाख एक हजार ३६४ मा ठेक्का सम्झौता भएको थियो । चालु आवसम्म ठेक्काको म्याद रहेको यस योजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।

    तीन दशमलव पाँच मिटर चौडा सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ । यसै आयोजनाअन्तर्गत नेप्टेचौर–तोरी पानी खण्डमा सडक फराकिलो पार्ने काम सकेर पर्खाल, नाली निर्माण, ढलान भइरहेको र ग्राभेलको तयारी गरेको निर्माण कम्पनीका सञ्चालक सुभाषचन्द्र कार्कीले बताए ।

    निर्धारित समयभित्रनै योजना सम्पन्न गर्ने बताउँदै उनले बजेट अभावका कारण समस्या भएको गुनासो गरे । उक्त योजनाका लागि प्रदेश सरकारले आव २०८०/८१ मा रु चार करोड बजेट विनियोजन र रु. २० करोडको स्रोत सुनिश्चितता गरेको थियो ।

    बेनी नगरपालिका–९, १०, रघुगंगा गाउँपालिकाको ५, ६ र ८ नं वडालाई बेनी बजारसँग जोड्ने बेनी–पाखा पानी सडकलाई म्याग्दीको प्राथमिकताप्राप्त आयोजना घोषणा गरिएको म्याग्दी १ (१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए । निर्माणाधीन योजनाका लागि रकमान्तर गराएर थप बजेट व्यवस्था मिलाउनुका साथै तोरी पानीदेखि पात्लेखेत र झिँ हुँदै पाखा पानीतर्फ पनि स्तरोन्नतिका लागि थप बजेटको व्यवस्थाका लागि प्रदेश सरकारमा पहल गरिएको उनले बताए ।

    म्याग्दीको मध्य भागमा पर्ने बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–पाखा पानी सडक जिल्लाको रणनीतिक योजना मानिएको छ । पाखा पानी–ठाडाखानी हुँदै धवलागिरिको भेडिखाल्डा, मल्कवाङ, मराङ, बिम, दरवाङ जोडिन्छ । म्याग्दी–राहुघाट चक्रपथको अवधारणाअनुसार बिम-मराङ–मल्कवाङ खण्डमा प्रदेश सरकारले चालु आवदेखि नयाँ योजना सुरु गर्ने तयारी गरेको छ ।

    Post Views: 102
    प्रकाशित मिति: २०८२ पुष २७, आईतवार १०:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?
    शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने
    अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने
    Advertisement
    ताजा अपडेट
    • १. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • २. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    • ३. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    • ४. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • ५. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.