• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधारभूत पूर्वाधारको अभाव कायमै रहेको बताएकी छन्।

  •  नेपाल चौतारी
  • २०८२ पुष ३०, बुधबार २०:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधारभूत पूर्वाधारको अभाव कायमै रहेको बताएकी छन्।

    बुधबार सिंहदरवारमा आयोजित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन्।

    उनले जुम्लाजस्तो दुर्गम क्षेत्रमा प्रतिष्ठान स्थापना हुनु आफैँमा महत्त्वपूर्ण उपलब्धि भए पनि आवश्यक संरचना नहुनु बिडम्वनापूर्ण भएको उल्लेख गरिन्। उनले बजेट स्थानान्तरण गरेर स्रोत जुटाउन समेत सरकारलाई समस्या हुने गरेको बताइन्।

    उनले भनिन्, ‘जुम्लाजस्तो ठाउँमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्दा खेरी त्यहाँका स्थानीयलाई केही न केही सुविधा त पुगेकै छ। सानो सानो उपचार गर्नको लागि पनि बाहिर जानुपर्थ्यो। अहिले त्यसको समाधान भएको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास भइसकेपछि एउटै संस्थाले पनि त्यो क्षेत्रको विकासका लागि धेरै नै महत्त्व राख्छ। जुन योजना तपाइहरूले देखाउनुभएको छ।’

    प्रधानमन्त्री कार्कीले नियमित काम गर्न खोज्दा विभिन्न अवरोधको सामना गर्नुपर्ने तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपको डरले समेत काम गर्न कठिनाइ हुने गरेको बताइन्।

    उनले भनिन्, ‘दुभार्ग्यको कुरा के छ भने तपाईँहरूले जुन यसको विकासको निम्ति सानो सानो कुरा मागिरहनुभएको छ त्यहाँ होस्टेल छैन, स्टाफ र डाक्टरहरूका लागि समेत आवासको सुविधा छैन भन्नुभयो। हामीले यति सानो कुरा पनि पूरा गर्न सकिरहेका छैनौँ। फेरि यताको उता गर्न पनि नहुने रहेछ। नियमित काम गर्दैछु भन्दापनि अनेकौँ बात लाग्छन् नि । कहिलेकाहीँ त अख्तियार पनि आइलाग्छ।’

    उनले उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गरी नागरिकको सेवामा लागिरहन समेत प्रतिष्ठान प्रशासनलाई निर्देशन दिइन्।

    Post Views: 102
    प्रकाशित मिति: २०८२ पुष ३०, बुधबार २०:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माथिल्लो त्रिशूली–१ को टनेलमा थप ७ शव फेला
    भोटेकोशी बाढी प्रभावित पत्रकारका परिवारलाई महासङ्घले एक–एक लाख सहयाेग गर्ने
    प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्ने
    Advertisement
    ताजा अपडेट
    • १. माथिल्लो त्रिशूली–१ को टनेलमा थप ७ शव फेला

    • २. भोटेकोशी बाढी प्रभावित पत्रकारका परिवारलाई महासङ्घले एक–एक लाख सहयाेग गर्ने

    • ३. प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्ने

    • ४. भारतीय विदेशमन्त्री एस जयशंकरसँग अर्थमन्त्री वाग्लेको भेट, आर्थिक तथा ऊर्जा सहकार्यमा जोड

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

    चर्चित
    • १. गणेशमान सिंह नेपाली राजनीतिक इतिहासका एक युगपुरुष : डा शशांक

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • ४. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.