• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन आउन थाले

  •  नेपाल चौतारी
  • २०८२ माघ १, बिहीबार ०७:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    तनहुँ । तनहुँ, चितवन र नवलपुरको संगमस्थल देवघाट धाममा माघे सङ्क्रान्ति मेला भर्न भक्तजनको चहलपहल सुरु भएको छ । देवघाट धाममा बुधबार रातिदेखि नै भक्तजन आउन थालेका हुन् ।

    बुधबार दिउँसो वेणीसंगममा लिंगो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । बुधबार रातिदेखि नै देवघाटमा भक्तजनको भीड बढेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए ।

    यस वर्ष तीन लाख भक्तजनले माघे सङ्क्रान्ति मेला भर्ने अनुमान गरिएको बरालले बताए । माघ महिनाभर देवघाट धाममा स्नान गर्नाले ठूलो पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वास रहेको छ । साथै पवित्र त्रिशूली नदी र कालीगण्डकी नदीको देवघाटमा मिलन पनि मकर सङ्क्रान्तिको दिन नै भएको मानिन्छ ।

    मेलाको अवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुंगा भएर देवघाटबाट प्रवेश गर्ने र फर्कँदा देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको बरालले जानकारी दिए ।

    नवलपुरतर्फका भक्तजनहरू हर्दीको कालीगण्डकीको पुल तरेर देवघाट आउन सक्छन् । साथै मुग्लिङतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुंगाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र फर्कँदा सोही बाटोबाट फर्किने व्यवस्था मिलाइएको छ ।

    चितवनतर्फ सवारीसाधनको पार्किङका लागि साना सवारीसाधनको लागि सीताराम संस्कृत माविको कम्पाउण्डभित्र व्यवस्था मिलाइएको छ भने ठूला सवारीसाधन (बस, मिनीबस, माइक्रो) आदिको पार्किङ व्यवस्था दाहसंस्कार स्थल प्रवेशद्वार (चन्द्रलोक स्वर्गद्वार)देखि उत्तर पूर्व क्षेत्रमा रहेको बसपार्कमा सवारीसाधनलाई सहज रूपमा पार्किङको व्यवस्था मिलाइएको छ ।

    तनहुँतर्फ पैदल मार्गबाट प्रवेश गर्दा पुलको मुख, हरिहर चोक, हरिहर मन्दिर, गलेश्वर चोक हुँदै वेणीसंगम र फर्कँदा वेणीसङ्गम, गलेश्वर आश्रम, गलेश्वर चोक, चक्रवर्ती मन्दिर, महेश सन्यास आश्रम, टाउन चोक, हरिहर चोक हुँदै पुलको मुख निस्कने रुट कायम गरिएको छ ।

    देवघाट क्षेत्र विकास समितिले तीर्थयात्रीहरूको यात्रा सरल, सहज, सुविधाजनक र सुरक्षित होस् भन्ने उद्देश्यले तनहुँ, चितवन र नवलपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भरतपुर महानगरपालिकाका प्रमुखसँग समन्वय गरेको विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीले जानकारी दिए । उक्त दिन ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ ।

    तीर्थस्थलमा धूम्रपान, मांस–मदिरा एवं सुर्तीजन्यपदार्थहरु निषेध गरिएको छ । तसर्थ उक्त वस्तुहरू बिक्री वितरण ओसारपसार एवं सेवन कार्य नगरी सहयोग पुर्‍याउन आग्रह गरिएको छ । वेणीमा नुहाउने स्नान क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ । सो क्षेत्रभन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने संकेत दिइएको छ ।

    Post Views: 81
    प्रकाशित मिति: २०८२ माघ १, बिहीबार ०७:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माथिल्लो त्रिशूली–१ को टनेलमा थप ७ शव फेला
    भोटेकोशी बाढी प्रभावित पत्रकारका परिवारलाई महासङ्घले एक–एक लाख सहयाेग गर्ने
    प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्ने
    Advertisement
    ताजा अपडेट
    • १. माथिल्लो त्रिशूली–१ को टनेलमा थप ७ शव फेला

    • २. भोटेकोशी बाढी प्रभावित पत्रकारका परिवारलाई महासङ्घले एक–एक लाख सहयाेग गर्ने

    • ३. प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्ने

    • ४. भारतीय विदेशमन्त्री एस जयशंकरसँग अर्थमन्त्री वाग्लेको भेट, आर्थिक तथा ऊर्जा सहकार्यमा जोड

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

    चर्चित
    • १. गणेशमान सिंह नेपाली राजनीतिक इतिहासका एक युगपुरुष : डा शशांक

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • ४. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.