• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

शेरबहादुर देउवाबारे गगन-विश्वले झुट बोलेको पूर्णबहादुर खड्काको आरोप

  •  नेपाल चौतारी
  • २०८२ माघ २, शुक्रबार १५:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीका तत्कालीन महामन्त्रीहरूले झुट बोलेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर उनले पार्टी विखण्डन रोक्न नसकिएको बताएका हुन् ।

    उनले विशेष महाधिवेशनको औचित्य नियमित महाधिवेशनको तालिका आएलगत्तै सकिएको निष्कर्ष तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भएको बैठकले नै निकालेको बताए ।

    प्रतिनिधिसभाको निर्वाचन अघि बढिसकेको, राष्ट्रिय सभाको उम्मेदवारी दर्ता भइसकेको समयमा पार्टीमा गम्भीर अवस्था आएको खड्काको भनाइ छ ।

    ‘यही बीचमा विशेष महाधिवेशनको भेलाको नाममा काम अघि बढाएको जानकारी पाइयो । विशेष महाधिवेशन गर्ने भनेको पार्टीलाई विखण्डन पार्ने हो- जनताले पार्टीलाई गरिएको विश्वास र भरोसा टुट्छ भनियो,’उनले भने, ‘उहाँहरूले (गगन-विश्व)ले उठाएका सबै कुरा सम्बोधन गर्ने गरी अघि बढाइयो । सभापतिले समेत बोलाएर छलफल गर्नु भयो । तपाईँहरूकै निर्णयले मेरो सही चल्यो । राष्ट्रिय सभाको उम्मेदवारको टिकटमा मैल सही गरेँ । प्रतिनिधिसभाको समानुपातिकको बन्द सूचीमा गरेँ । अहिले प्रत्यक्षको बेला आएको छ । टिकटमा हस्ताक्षर तपाईँले जसलाई भन्नुहुन्छ उसलाई दिनुस् तर पार्टी विखण्डन रोक्नुस् भन्नु भएको हो । ३० गते बिहान ।’

    उनले पार्टीको अहिलेको अवस्था आउनुमा सभापतिलाई दोष दिइएको प्रति आपत्ति जनाए । उनले भने, ‘उहाँहरूले जेजे कारणले सभापतिलाई दोष दिएर यो अवस्था आयो भन्नु भयो त्यो सारा कुरा झुटा हुन्, गलत हुन् । विशेष बोलाउने अधिकार उहाँहरूलाई विधानले दिएको छैन ।’

    Post Views: 175
    प्रकाशित मिति: २०८२ माघ २, शुक्रबार १५:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माथिल्लो त्रिशूली–१ को टनेलमा थप ७ शव फेला
    भोटेकोशी बाढी प्रभावित पत्रकारका परिवारलाई महासङ्घले एक–एक लाख सहयाेग गर्ने
    प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्ने
    Advertisement
    ताजा अपडेट
    • १. माथिल्लो त्रिशूली–१ को टनेलमा थप ७ शव फेला

    • २. भोटेकोशी बाढी प्रभावित पत्रकारका परिवारलाई महासङ्घले एक–एक लाख सहयाेग गर्ने

    • ३. प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्ने

    • ४. भारतीय विदेशमन्त्री एस जयशंकरसँग अर्थमन्त्री वाग्लेको भेट, आर्थिक तथा ऊर्जा सहकार्यमा जोड

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

    चर्चित
    • १. गणेशमान सिंह नेपाली राजनीतिक इतिहासका एक युगपुरुष : डा शशांक

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • ४. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.