• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्वाचन आयोगको निर्णय

  •  नेपाल चौतारी
  • २०८२ माघ २, शुक्रबार १९:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने  निर्णय गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो ।

    यससँगै अब नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा गगन थापा नेतृत्वको कांग्रेसको पक्षमा आएको छ । पुस २७ गतेदेखि बिहीबार बिहानसम्म चलेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनको पक्षमा कांग्रेसको लिगेसी औपचारिक रुपमा गएको हो ।

    आज दुबै पक्षका नेता कार्यकर्ताहरु निर्वाचन आयोग पुगेर आ–आफ्ना दलील पेश गरेका थिए । अहिले निर्वाचन आयोगको कार्यालयअगाडि शेरबहादुर देउवा र गगन थापा पक्षका समर्थकहरु भेला भएका छन् ।

    यससँगै गगन थापा पक्षका समर्थकहरु उत्साहित भएका छन् भने शेरबहादुर देउवा पक्षधर समर्थकले नाराजुलुस गरिरहेका छन् । अहिले आयोगको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    यसअघि आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरुलाई आधिकारिकता नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

    गगन थापा पक्षधरले सभापति देउवाको मञ्जुरीबिना विशेष महाधिवेशन आयोजना गरेपछि कांग्रेसको कलह चुलिएको हो । राजधानीको भृकुटीमण्डपमा आयोजित उक्त महाधिवेशनले गगन थापालाई पार्टीको सभापति चयन गरेको छ ।

    उता, आफूखुशी विशेष महाधिवेशन आयोजना गरेको भन्दै देउवा पक्षले विद्रोही नेताहरु गगन थापासहित विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि कांग्रेस फुटको अवस्थामा पुगेको हो ।

    Post Views: 101
    प्रकाशित मिति: २०८२ माघ २, शुक्रबार १९:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माथिल्लो त्रिशूली–१ को टनेलमा थप ७ शव फेला
    भोटेकोशी बाढी प्रभावित पत्रकारका परिवारलाई महासङ्घले एक–एक लाख सहयाेग गर्ने
    प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्ने
    Advertisement
    ताजा अपडेट
    • १. माथिल्लो त्रिशूली–१ को टनेलमा थप ७ शव फेला

    • २. भोटेकोशी बाढी प्रभावित पत्रकारका परिवारलाई महासङ्घले एक–एक लाख सहयाेग गर्ने

    • ३. प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्ने

    • ४. भारतीय विदेशमन्त्री एस जयशंकरसँग अर्थमन्त्री वाग्लेको भेट, आर्थिक तथा ऊर्जा सहकार्यमा जोड

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

    चर्चित
    • १. गणेशमान सिंह नेपाली राजनीतिक इतिहासका एक युगपुरुष : डा शशांक

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • ४. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.