• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

श्रीलंकाविरूद्ध नेपालको सान्त्वना जित

  •  नेपाल चौतारी
  • २०८२ माघ १०, शनिबार १६:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को तयारीका लागि श्रीलंका भ्रमणमा रहेको नेपालले श्रीलंकाविरूद्ध सान्त्वना जित हात पारेको छ ।

    घरेलु टोलीविरुद्ध सुरूआती २ खेल गुमाएको नेपालले तेस्रो अभ्यास खेलमा ७ विकेटको जित हात पारेको हो । यससँगै श्रीलंका एले अभ्यास सिरिज २-१ ले आफ्नो पक्षमा पारेको छ । कोलम्बोस्थित कोल्ट्स क्रिकेट क्लब मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि सुरुआतमा ब्याटिङ गरेको श्रीलंका ए ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र जोड्न सक्यो ।

    उसका लागि कप्तान नीरोसन डिकवेलाले ३३ रन बनाए भने लासिथ क्रसपुलीले २१ र करुणारत्नेले सर्वाधिक ३८ रनको योगदान दिए । नेपालका लागी सेर मल्लले ४ ओभरमा २० रन खर्च गरेर ४ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले २ विकेट हात पारे । कप्तान रोहित पौडेल र नन्दन यादवले समान १-१ विकेट लिए ।

    १ सय ३३ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर २ बलमा केवल ३ विकेट गुमाएर जित हासिल गर्‍यो । आसिफ शेख ११ र रोहित १९ रनमा आउट भए । दिपेन्द्र २२ र आरिफ शेख २४ रनमा नटआउट रहे । घरेलु टोलीका लागि सोनल दिनुसाले २ विकेट हात पारे ।

    यससँगै विश्वकपका लागि नेपालले श्रीलंकामा गर्ने तयारी पूरा भएको छ । टोली अब भारत प्रस्थान गर्ने छ । जहाँ जनवरी २७ र २८ मा भारतमै अभ्यास गर्ने कार्यक्रम छ भने मुम्बई क्रिकेट एशोसिएशनको एमसीए प्रेसिडेन्ट-११ सँग दुई टी-२० अभ्यास खेल खेल्ने तालिका छ ।

    पहिलो खेल जनवरी २९ र दोस्रो अभ्यास खेल जनवरी ३१ तारिखमा हुनेछन् । दोस्रो खेल डे-नाइट हुनेछ । टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरुआत गर्नेछ ।

    Post Views: 71
    प्रकाशित मिति: २०८२ माघ १०, शनिबार १६:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.