• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अष्ट्रेलियामा अनलाइन सुरक्षा कानूनको कार्यान्वयन, चार लाख १५ हजार खाता बन्द

  •  नेपाल चौतारी
  • २०८२ माघ १९, सोमबार १३:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सिड्नी । अष्ट्रेलियामा १६ वर्ष मुनिका प्रयोगकर्ताहरूको सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनअनुसार स्न्यापच्याटले चार लाख १५ हजार खाता बन्द गरेको कम्पनीले सोमबार जनाएको छ । तर कम्पनीले केही किशोरहरूले उमेर प्रमाणीकरण प्रणाली छल्न सक्ने चेतावनी दिएको छ ।

    कम्पनीले अष्ट्रेलियाली निकायहरूलाई एप्लिकेसन मार्फत प्रयोगकर्ताको उमेर जाँच गर्न बाध्य गर्न आग्रह गरेको छ, जसलाई कम्पनीले ‘थप सुरक्षा उपाय’ भनेको छ ।

    स्न्यापच्याट, मेटा, टिकटक र युट्युब जस्ता प्लेटफर्महरूले नयाँ कानूनअनुसार नाबालिग प्रयोगकर्ताको खाता रोक्नुपर्छ । उक्त कानून १० डिसेम्बर सन् २०२५ मा लागू भएको थियो ।

    कम्पनीहरूले कानून पालना नगरेमा करिब ४९ करोड ५० लाख अष्ट्रेलियन डलर जरिवाना तिर्नुपर्ने छ ।

    अष्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले गत महिनामा प्रविधि कम्पनीहरूले चार लाख ७० हजार खाता पहिले नै ब्लक गरेको बताएको थियो ।

    जनवरी अन्त्यसम्म, स्न्यापच्याटले १६ वर्ष मुनिका चार लाख १५ हजार खाता बन्द  गरेको जनाएको छ । कम्पनीले भनेको छ, “हामी दैनिक रूपमा अझ धेरै खाता बन्द गर्दैछौं ।”तर कम्पनीले कानूनमा ‘महत्त्वपूर्ण कमजोरी’ रहेको र उमेर अनुमान प्रणालीले दुई–तीन वर्षको दायरामा मात्र सही नतिजा दिन सक्ने बताएको छ ।

    यसको अर्थ, केही १६ वर्ष मुनिका किशोरले सुरक्षा प्रणाली छल्न सक्छन् भने केही १६ वर्षभन्दा बढी उमेरका प्रयोगकर्ताले अनावश्यक रूपमा पहुँच गुमाउन सक्छन् ।

    स्न्यापच्याटले मेटासँग मिलेर अष्ट्रेलियालाई एप्लिकेसन पसलमा उमेर जाँच अनिवार्य गर्न सुझाव दिएको छ । कम्पनीका अनुसार केन्द्रित प्रमाणीकरण प्रणालीले सुरक्षा थप मजबुत बनाउनेछ ।

    कम्पनीले पूर्ण प्रतिबन्ध उपयुक्त उपाय नभएको र आफ्नो प्लेटफर्मलाई सामाजिक सञ्जाल प्रतिबन्धको दायरामा राख्नु आवश्यक नभएको बताएको छ ।

    स्न्यापच्याटले भनेको छ, “हाम्रो एप मुख्यतः युवा प्रयोगकर्तालाई नजिकका साथी र परिवारसँग जडित राख्न प्रयोग हुन्छ । ती सम्बन्ध काट्दा उनीहरू सुरक्षित, खुसी वा फाइदाजनक हुने छैनन् ।”

    Post Views: 78
    प्रकाशित मिति: २०८२ माघ १९, सोमबार १३:५३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.