• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

चीनले गोप्य रूपमा आणविक परीक्षण गरेको अमेरिकाको दाबी

  •  नेपाल चौतारी
  • २०८२ माघ २४, शनिबार ०८:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जेनेभा । चीनले गोप्य आणविक विस्फोटक परीक्षण गरेको र ठूलो परिमाणमा थप परीक्षणको तयारी गरिरहेको आरोप वासिङ्टनले शुक्रबार लगाएको छ। अमेरिकाले यसलाई अन्तर्राष्ट्रिय परीक्षण प्रतिबन्धको उल्लंघन भनेको छ।

    “चीनले विस्फोटक आणविक उपकरणको परीक्षण गरेको र सयौँ टनको परिमाणमा परीक्षण गर्ने तयारी गरेको कुरा जानकार रहेको मैले पुष्टि गर्न सक्छु,” जेनेभामा आयोजित निशस्त्रीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा अमेरिकी उपमन्त्री थोमस डिनान्नोले दाबी गरे ।

    उनले भने, “चीनले सन् २०२० को जुन २२ मा यस्तै उत्पादन विकास गर्ने आणविक परीक्षण गरेको थियो ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्षको अन्त्यतिर पनि यस्तै आरोप लगाएका थिए ।

    राष्ट्रपति ट्रम्पले अक्टोबर ३१ मा वासिङ्टनले मस्को र बेइजिङसँग समान आधारमा आणविक परीक्षण सुरु गर्ने बताएका थिए ।

    डिनान्नोले शुक्रबार भने, “चीनको पिपुल्स लिबरेसन आर्मीले ‘आणविक विस्फोटलाई ओझेलमा पारेर परीक्षण लुकाउन खोजेको छ किनकि यी परीक्षणहरूले परीक्षण प्रतिबन्ध प्रतिबद्धताहरूको उल्लंघन गरेको पुष्टि गरेका छन्।”

    उनले चीनले ‘डिकपलिङ (भूकम्पीय अनुगमनको प्रभावकारिता घटाउने विधि) प्रयोग गरेर आफ्ना गतिविधि संसारबाट लुकाउन प्रयोग गरेको आरोप लगाए ।

    शीर्ष आणविक शक्ति राष्ट्रहरू अमेरिका र रूसबीचको अन्तिम सन्धि ‘न्यु स्टार्ट’ को म्याद सकिएपछि अमेरिकाले रुस र चीनसँग आणविक हतियारको नयाँ सीमा तोक्नका लागि रुस र चीनसँग त्रिपक्षीय वार्ताको आह्वान गर्ने नयाँ अमेरिकी योजना प्रस्तुत गरिरहेका बेला डिनान्नोको यो टिप्पणी आएको हो ।

    चीनले यसअघि नै निशस्त्रीकरण वार्तामा सामेल हुन अस्वीकार गरिसकेको छ ।

    Post Views: 47
    प्रकाशित मिति: २०८२ माघ २४, शनिबार ०८:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काँग्रेस संस्थापन इतर समूहको बैठक धुम्बाराहीमा सुरु
    गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
    ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
    Advertisement
    ताजा अपडेट
    • १. व्यवसायी गोल्छालाई २४ घण्टाभित्र सर्वोच्चमा अदालत उपस्थित गराउन आदेश

    • २. शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

    • ३. काँग्रेस संस्थापन इतर समूहको बैठक धुम्बाराहीमा सुरु

    • ४. गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

    • ५. ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. टी–२० आई सिरिज : कुशल भुर्तेलको विष्फोटिङ ब्याटिङमा नेपालले यूएईलाई हरायो ८ विकेटले हरायो

    • ५. संसद अधिवेशन स्थगित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.