• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

क्रिकेटको महासंग्राम टी–ट्वान्टी विश्वकप आजदेखि

  •  नेपाल चौतारी
  • २०८२ माघ २४, शनिबार ०८:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    क्रिकेटको महासंग्राम टी–ट्वान्टी विश्वकप आजदेखि सुरु हुँदैछ । १०औँ संस्करणको आईसीसी टी–२० विश्वकप भारत र श्रीलङ्कामा शुरू हुन लागेको हो । यो संस्करण अन्र्तगत आज तीन खेल हुँदैछन् ।

    दिनको पहिलो खेलमा आज पाकिस्तान र नेदरल्यान्ड्सले खेल्दैछन् । श्रीलङ्काको कोलम्बास्थित सिंहाली स्पोट्र्स क्लब क्रिकेट मैदानमा उक्त खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरू हुनेछ । दिनको दोस्रो खेल दिउँसो सवा तीन बजे वेस्ट इन्डिज र स्कटल्याण्ड इडेनबीच गार्डेन्समा तथा बेलुका सवा ७ बजे आयोजक भारत र अमेरिकाबीच वानखेडे स्टेडियममा हुँदैछ । भारतले यहीँ उद्घाटन समारोहसँगै आफ्नो उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

    नेपालले भने आफ्नो पहिलो खेलमा भोली इङ्ग्ल्यान्डको सामना गर्नेछ । सुरक्षाको कारण देखाउँदै बङ्गलादेश भारत आउन नमानेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उसको ठाउँमा स्कटल्यान्डलाई समावेश गरेको छ । यसपटकको विश्वकपमा कुल ५५ खेल हुनेछन् ।सहभागी २० वटा टोलीलाई ४ वटा समूहमा बाँडिएको छ । प्रत्येक समूहमा पाँच टोली छन्, जसले एकअर्कासँग एक–एक खेल खेल्नेछन्। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्। सुपर आठमा दुई समूह रहनेछन् (प्रत्येकमा चार टोली), जहाँ पनि राउन्ड रोबिन फम्र्याटमा खेल हुनेछ। यहाँबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् र विजेताहरू फाइनलमा भिड्नेछन् ।

    खेलहरू भारतका पाँच शहरहरू (मुम्बई, कोलकाता, चेन्नई, दिल्ली, अहमदाबाद जस्ता प्रमुख मैदानहरू) र श्रीलंकाका तीन मैदानहरू (कोलम्बोमा आर. प्रेमदासा र एसएससी, तथा पल्लेकेले) मा सञ्चालन हुनेछन्। कुल आठ मैदान प्रयोगमा आउनेछन्। फाइनल मार्च ८ मा अहमदाबाद वा कोलम्बोमध्ये एकमा हुनेछ (पाकिस्तान फाइनलमा पुगे पाकिस्तानका खेल श्रीलंकामा मात्र हुने व्यवस्था छ)।

    समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छन् । समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् । इटालीले पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको हो ।
    समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडा छन् । प्रतियोगिता आउँदो मार्च ८ तारिखसम्म चल्नेछ । अहिलेसम्म ६ वटा टोली टी–२० विश्वकपको उपाधि जितेका छन् । भारत, इङ्ग्ल्यान्ड र वेस्ट इन्डिज २÷२ पटक तथा पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलिया १÷१ पटक विजेता बनेका छन् ।

    यो संस्करणमा राजनीतिक तनावले पनि प्रभाव पारेको छ। पूर्ण सदस्य राष्ट्र बंगलादेशले भारतीय भूमिमा खेल नखेल्ने अडान लिएपछि उनीहरू विश्वकपबाट बाहिरिएका छन्। आइसिसीले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई समावेश गरेको छ। यो निर्णय क्ष्एी मा बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई हटाइएपछि भारत–बंगलादेश सम्बन्ध चिसिएसँग जोडिएको छ । यसले दक्षिण एसियाली क्रिकेटमा राजनीतिक प्रभावको इतिहासलाई दोहोर्‍याएकाे छ ।

    डिफेन्डिङ च्याम्पियन भारत (२०२४ मा दक्षिण अफ्रिकालाई हराएर उपाधि जितेको) ले घरेलु मैदानमा ऐतिहासिक तेस्रो उपाधि खोज्दै छ। कप्तान सूर्यकुमार यादवले भारत पाकिस्तानसँग खेल्न तयार रहेको बताएका छन्, तर पाकिस्तानका कप्तानले सरकारको निर्णयलाई समर्थन गरेका छन् । प्रत्येक टोलीमा १५ खेलाडी छन् र कुनै परिवर्तनका लागि आइसिसीको टेक्निकल कमिटीको स्वीकृति चाहिन्छ। दुई वर्षअघिको संस्करण जस्तै २० टोलीको यो फम्र्याटले प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाएको छ । क्रिकेट प्रेमीहरूका लागि यो विश्वकप ठूलो उत्साहको विषय बनेको छ, यद्यपि राजनीतिक मुद्दाले केही छायाँ पार्‍याे ।

    Post Views: 89
    प्रकाशित मिति: २०८२ माघ २४, शनिबार ०८:२८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.