• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

टी–२० विश्वकप : शेफर्डको ह्याट्रिकमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले हरायो

  •  नेपाल चौतारी
  • २०८२ माघ २४, शनिबार २०:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । टी–२० विश्वकपमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । भर्खरै सम्पन्न खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डमाथि ३५ रनको सहज जित हात पारेको हो ।

    १८३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १८.५ ओभरमा १४७ रनमै अलआउट भयो । उसका लागि रिचि बेरिङटनले सर्वाधिक ४२ रन बनाउँदा टम ब्रुसले ३५ रन जोडे । यस्तै, जर्ज मुन्सीले १९, मार्क वाटले १५ तथा ब्रान्डन म्याकमुलेनले १४ रन बनाए ।

    स्कटल्यान्डको इनिङ ध्वस्त पार्न रोमारियो शेफर्डले ह्याट्रिकसहित ५ विकेट लिए । आजदेखि सुरु भएको प्रतियोगिताको पहिलो ह्याट्रिकमा शेफर्डले नाम दर्ता गराए । यस्तै, जेसन होल्डरले तीन तथा समर जोसेफ र गुडाकेश मोटीले एक–एक सफलता हात पारे ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेटको क्षतिमा १८२ रन जोड्यो ।

    उसका लागि शिमरोन हेटमायरले विष्फोटक पारी खेले । उनले ३६ बलमा ६४ रन बनाए । उनको ब्याटबाट छ छक्का र दुई चौका निस्कियो । यस्तै, ब्रान्डन किंगले ३५, रोभमान पोवेलले २४, शाई होपले १९, शेरफेन रदरफोर्डले २६ रन जोडे ।

    बलिङतर्फ स्कटल्यान्डका ब्राड्ली जेम्स कुरीले दुई तथा ओलिभर डेभिडसन, सफ्यान शरिफ र माइकल लिस्कले एक–एक विकेट लिए ।

    Post Views: 46
    प्रकाशित मिति: २०८२ माघ २४, शनिबार २०:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
    डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो
    सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने सरकारकाे निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

    • २. रास्वपाद्वारा ११ संसदीय समिति सभापतिका उम्मेदवारको सूची सार्वजनिक

    • ३. लेखा समितिको सभापतिमा काँग्रेसलाई समर्थन गर्ने रास्वपाको निर्णय

    • ४. राज्य व्यवस्था तथा सुशासन सभापतिमा हरि ढकाल

    • ५. पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

    चर्चित
    • १. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • २. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. प्रतिनिधिसभा : समिति सभापतिका लागि शुक्रबार निर्वाचन हुने

    • ५. प्रधानमन्त्री शाहले आज समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.