• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन ५, मंगलवार १०:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले अन्तिम खेलमा आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

    नेपाल र स्कटल्यान्डको खेल नेपाली समय अनुसार मंगलबार साँझ ७ बजेर १५ मिनेटमा भारतको मुम्बईस्थित वनखेडे मैदानमा हुँदैछ ।

    समूह ‘सी’मा रहेको नेपाल तीन खेल खेल्दा अंकबिहीन छ । स्कटल्यान्डले भने दुई अंक जोडेको छ । यो समूहबाट स्कटल्यान्ड र इंग्ल्यान्ड सुपर आठमा प्रवेश गरिसकेका छन् । इटाली र स्कटल्यान्डले दुईदुई अंक जोड्दा नेपाल भने अंकबिहीन छ । विश्वकपबाट बाहिरिसकेको नेपालमाथि आज सान्त्वना जित निकाल्ने अवसर बाँकी छ ।

    नेपालको विश्वकप यात्रा
    नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो। नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो। सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेटमा आफूलाई केन्द्रित बनाएको छ। अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो।

    आरिफ शेख र दीपेन्द्रसिंह ऐरी । तस्बिरः क्यान
    यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन। नेपालले लगातार दोस्रो पटक रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेलेको हो । तीव्र गतिका बलर सोमपाल कामी नेपालबाट तीन वटा विश्वकप खेल्ने एक्लो खेलाडी बनेका छन् ।

    विश्वकपको समूह ‘सी’मा रहेको नेपालले इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गरेको हो। समूह सीमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्डसँगै स्कटल्यान्ड र इटाली छन्। बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी रेङ्किङका आधारमा स्कटल्यान्डले अवसर पाएको हो।

    Post Views: 39
    प्रकाशित मिति: २०८२ फाल्गुन ५, मंगलवार १०:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कार्की आयोगको प्रतिवेदन अध्ययन समितिले कांग्रेसलाई बुझायो प्रतिवेदन
    जन्म दर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने
    ‘अवैधानिक समितिले सोधेको स्पष्टीकरण हास्यास्पद’ : पूर्णबहादुर खड्का
    Advertisement
    ताजा अपडेट
    • १. कार्की आयोगको प्रतिवेदन अध्ययन समितिले कांग्रेसलाई बुझायो प्रतिवेदन

    • २. जन्म दर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

    • ३. ‘अवैधानिक समितिले सोधेको स्पष्टीकरण हास्यास्पद’ : पूर्णबहादुर खड्का

    • ४. पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ५. इजरायल, कुवेत, बहराइन र लेबनानमा श्रम स्वीकृति खुला

    चर्चित
    • १. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • २. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • ३. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ४. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ५. अमेरिका र इरानबीच फेरि वार्ताको प्रयास

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.