• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

अमेरिका–इन्डोनेसिया व्यापार सहमति

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन ८, शुक्रबार १३:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ को पहिलो बैठकका क्रममा वासिङ्टनमा रहेका इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो अमेरिकासँग महत्त्वपूर्ण व्यापार सम्झौतामा पुगेका छन् । ह्वाइट हाउसले बिहीबार घोषणा गरेको उक्त सहमतिलाई दुवै देशले द्विपक्षीय आर्थिक सम्बन्धको नयाँ अध्यायका रूपमा प्रस्तुत गरेका छन् ।

    सम्झौताअनुसार दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसियाले अमेरिकी वस्तुहरूमा लगाइँदै आएको ९९ प्रतिशत शुल्क हटाउनेछ । त्यसको बदलामा अमेरिकाले इन्डोनेसियाका अधिकांश वस्तुहरूमा १९ प्रतिशत भन्सार दर कायम गर्नेछ । यो दर यसअघि कम्बोडिया र मलेसियाका लागि पनि तय गरिएको थियो । साथै इन्डोनेसियाले गैर–कर अवरोधहरू सम्बोधन गर्ने र महत्त्वपूर्ण खनिज तथा अन्य औद्योगिक सामग्रीहरूको अमेरिकातर्फ निर्यातमा लगाइएका प्रतिबन्धहरू हटाउने प्रतिबद्धता जनाएको ह्वाइट हाउसले जनाएको छ ।

    यसै सन्दर्भमा इन्डोनेसिया र अमेरिकी कम्पनीहरूबीच ३८ अर्ब ४० करोड डलर बराबरका ११ वटा व्यावसायिक सम्झौताहरू सम्पन्न भएका छन् । तीमध्ये अमेरिकी सोयाबिन, मकै, कपास र गहुँ खरिद, तेल क्षेत्र पुन:उत्थानमा सहकार्य, महत्त्वपूर्ण खनिज आपूर्ति तथा कम्प्युटर चिप्समा संयुक्त लगानी समावेश छन् । इन्डोनेसियाली कम्पनीहरूले १० लाख मिलियन टन सोयाबिन, १६ लाख टन मकै, ९३ हजार टन कपास तथा सन् २०३० सम्म ५० लाख टन गहुँ खरिद गर्ने सहमति व्यक्त गरेका छन् ।

    बुधबार युएस चेम्बर अफ कमर्समा आयोजित कार्यक्रममा राष्ट्रपति प्रबोवोले पछिल्ला महिनाहरूमा गहन वार्ता भएको र धेरै विषयमा ठोस समझदारी बनेको बताए। ह्वाइट हाउसले उक्त सहमतिलाई ‘ठूलो सम्झौता’ भन्दै यसले आर्थिक सुरक्षा सुदृढ पार्ने, विकास प्रवर्द्धन गर्ने र विश्वव्यापी समृद्धिमा नेतृत्व गर्न सहयोग पुग्ने जनाएको छ । सम्झौतामा अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीर र इन्डोनेसियाका समकक्ष एयरलाङ्गा हार्टार्टोले हस्ताक्षर गरेका थिए। हार्टार्टोले यसलाई द्विपक्षीय सम्बन्धको ‘नयाँ स्वर्ण युग’ को सुरुआतका रूपमा व्याख्या गरे ।

    व्यापार सहमतिसँगै कूटनीतिक सन्देश पनि जोडिएको छ । विश्वकै सबैभन्दा ठूलो मुस्लिम जनसङ्ख्या भएको देशका नेता प्रबोवोले गाजामा अन्तर्राष्ट्रिय स्थिरीकरण बलका लागि आठ हजार वा आवश्यक परे थप सेना पठाउने प्रतिबद्धता दोहोर्‍याएका थिए । ट्रम्पले बैठकमा इन्डोनेसियाको भूमिकाको प्रशंसा गरे । भने प्रबोवोले ट्रम्पको नेतृत्वमा ‘वास्तविक शान्ति’ सम्भव हुने विश्वास व्यक्त गरे ।

    उक्त बोर्डमा कम्बोडिया र भियतनाम पनि सहभागी छन् । कम्बोडियाले अमेरिकासँग पहिल्यै व्यापार सम्झौता गरिसकेको छ भने भियतनाम फ्रेमवर्क सहमतिमा पुगेको छ । यसैबीच भियतनामका नेता टो लाम पुन:निर्वाचित भएपछि पहिलो पटक अमेरिका आएका हुन् । विश्लेषकहरूले चीन भ्रमणअघि उनको अमेरिका यात्रा कूटनीतिक प्राथमिकतामा आएको परिवर्तनको संकेतका रूपमा लिएका छन् ।

    अमेरिकाले भियतनामी निर्यातमा २० प्रतिशत कर लगाएपछि दुवै देशबीच व्यापार वार्ता जारी छ । वार्ताको छैटौँ चरण फेब्रुअरीको सुरुमा सम्पन्न भएको थियो । महत्त्वपूर्ण खनिज आपूर्ति शृङ्खलामा चीनको प्रभाव घटाउने अमेरिकी रणनीतिसँग जोडिएको यो व्यापक आर्थिक तथा कूटनीतिक पहललाई वासिङ्टनले क्षेत्रीय सन्तुलन सुदृढ गर्ने कदमका रूपमा हेरेको छ ।

    Post Views: 51
    प्रकाशित मिति: २०८२ फाल्गुन ८, शुक्रबार १३:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित डिनर कार्यक्रममा गोली चल्यो
    मनोहराको सुकुमबासी बस्ती आज हटाइँदै
    बीपी राजमार्गमा आवागमन बन्द
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित डिनर कार्यक्रममा गोली चल्यो

    • २. मनोहराको सुकुमबासी बस्ती आज हटाइँदै

    • ३. बीपी राजमार्गमा आवागमन बन्द

    • ४. १२ दिनमा ४२२ विपद्का घटना

    • ५. बारा र पर्साका सीमानाकाबाट क्वारेन्टिनबिनै तरकारी आयात

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    • ४. सर्वोच्चको निर्णय स्वीकार्दै काँग्रेस सुदृढीकरणमा केन्द्रित हुन शेखर समूहको निष्कर्ष

    • ५. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.