• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा गोल्डकपको उपाधि

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन ९, शनिबार २१:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लबले जितेको छ । शनिबार पोखरा रंगालामा भएको फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोलले हराउँदै सहाराले १२ वर्षपछि उपाधि चुम्यो ।

    च्याम्पियन बनेको सहाराले ट्रफीसहित १४ लाख एक हजार रुपैयाँ पुरस्कार पाउँदा उपविजेता जावलाखेलले सात लाख एक हजार र ट्रफीमा चित्त बुझायो । सहाराले विसं २०७० मा पहिलोपटक उपाधि जितेको थियो ।

    सहारालाई च्याम्पियन बनाउने क्रममा खेलको २५औँ मिनेटमा फरवार्ड मुकुन्दकुमार निउरेले गोल गरे । सुशील लामाको कर्नर बललाई निउरेले उत्कृष्ट हेड गर्दै गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको घरेलु टोलीले दोस्रो हाफमा पुनः एक गोल थप्न सफल भयो । खेलको ७३ औँ मिनेटमा सहाराका विदेशी खेलाडी टाय डिनियल बादारुले हेडमार्फत गोल गरेपछि टोलीको जित पक्का गरे ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि सहाराका मुकुन्दकुमार निउरे घोषित हुँदै एक थान इलेक्ट्रिक स्कुटर पाए । यसैगरी उत्कृष्ट डिफेन्डर सहाराका बादारु घोषित, सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाईजका पापा आईबोउ केबे, उदियमान खेलाडी सहाराका मुकुन्दकुमार निउरे, स्ट्राईकर जावलाखेल युथ क्लबका धर्वेन्द कुँवर, गोलकिपर सहाराका टीकेन्द्र थापा, मिडफिल्डर जावलाखेलका बाउबकर सिसिको, प्रशिक्षक सहाराका सुनिल रानामागर र ‘फेयर प्ले अवार्ड’ आभा फुटबल क्लब उज्वेकिस्तानले पाए ।

    उनीहरूले जनही नगद २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । सहारा क्लब पोखराको आयोजनामा गत २७ माघदेखि सञ्चालन भएको प्रतियोगितामा विदेशी तीन र नेपालका नौ गरी १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

    विजेता खेलाडी गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, मुख्य प्रायोजक हिमश्री फुड्सका कार्यकारी निर्देशक प्रकाश केसीलगायतले पुरस्कार वितरण गरेका थिए ।

    Post Views: 107
    प्रकाशित मिति: २०८२ फाल्गुन ९, शनिबार २१:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.