• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

ला पाजमा सैन्य विमान दुर्घटना : १५ जनाको मृत्यु

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन १६, शनिबार १३:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको सैन्य कार्गो विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

    दुर्घटनापछि सडकमा छरिएको पैसा उठाउन भीड जम्मा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गर्नुपरेको थियो ।

    सी–१३० हर्कुलस यातायात विमान एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर निस्केर नजिकैको व्यस्त एभिन्यूमा खसेको थियो । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको दृश्यमा विमानका भग्नावशेष सडकभर छरिएको, थुप्रै कार पूर्णरूपमा नष्ट भएको र केही ट्रकमा क्षति पुगेको देखिएको छ ।

    विमान ठोक्किएपछि सडकमा छरिएका बैंकनोट सङ्कलन गर्न दर्शकहरू हतारिएका थिए, जसलाई हटाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । पछि अधिकारीहरूले दुर्घटनास्थलमै आगो बालेर पैसा जलाएका थिए ।

    दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन । प्रत्यक्षदर्शीहरूले त्यसबेला मौसम अत्यन्त खराब रहेको बताएका छन् । ६० वर्षीया विक्रेता क्रिस्टिना चोकले एएफपीसँग कुरा गर्दै भारी असिना परेको र बिजुली चम्किरहेको बताए । उनको कारमा विमानको भग्नावशेष ठोक्किएको थियो । “टायर हाम्रो माथि खस्यो।।। मेरी छोरी घाइते छिन्, उनको टाउकोमा चोट लागेको छ”, उनले भने ।

    राष्ट्रिय दमकल विभागका कर्नल पावेल तोवरले पत्रकारहरूलाई १५ देखि १६ जनासम्मको मृत्यु गणना गरिएको जानकारी दिए । “हामी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको शव बरामद गर्दैछौँ”, उनले भने । स्वास्थ्य मन्त्रालयले कम्तीमा २८ जना घाइते भएको जनाएको छ ।

    विमानस्थल परिसर र एभिन्यू दुवै स्थानमा मृत्यु दर्ता भएको जनाइएको छ । बोलिभियन एयर नेभिगेसन तथा एयरपोर्ट प्राधिकरण नाबोलले सी–१३० पूर्वी सहर सान्ता क्रुजबाट उडेको र एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको जनाएको छ । घटनापछि विमानस्थलको सञ्चालन स्थगित गरिएको छ ।

    लकहिड मार्टिनद्वारा निर्मित उक्त विमानले बोलिभियन बैंकनोट बोकेको थियो, जुन दुर्घटनापछि प्रभावका कारण छरिएको थियो । रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विमानमा ओसारपसार गरिएको पैसामा कुनै आधिकारिक क्रमिक नम्बर नभएको र त्यसको कानूनी वा खरिद शक्ति नरहेको स्पष्ट पारेको छ । “यसको सङ्कलन, कब्जा वा प्रयोग एक अपराध हो”, मन्त्रालयले जनाएको छ ।

    दुर्घटनापछि सडकमा देखिएको अराजकताको फाइदा उठाएर केही व्यक्तिले लुटपाट गरेको सूचना प्राप्त भएको ला पाज अभियोजकको कार्यालयले जनाएको छ । अभियोजक लुइस कार्लोस टोरेसले सोधपुछका लागि १२ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

    दुर्घटनाका बेला चोक र उनको परिवार लुटपाटको डरले भग्नावशेष भएको गाडीभित्रै बसेका थिए । एल अल्टोका अस्पतालहरूले घाइतेहरूको उपचारका लागि रक्तदान अभियान सुरु गरेका छन् ।

    तीन हजार ६५० मिटर उचाइमा अवस्थित ला पाज एन्डियन चुचुराहरूले घेरिएको विश्वकै सबैभन्दा अग्लो प्रशासनिक राजधानी हो । रक्षा मन्त्रालयले घटनाको औपचारिक अनुसन्धान सुरु गरिएको जनाएको छ । रासस

    Post Views: 63
    प्रकाशित मिति: २०८२ फाल्गुन १६, शनिबार १३:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल
    काँग्रेस विवादसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दैमा’, भोलि आदेश आउने सम्भावना
    होर्मुजबाट पछि नहट्ने इरानको चेतावनी, अमेरिकी कदमप्रति कडा प्रतिक्रिया
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल

    • २. काँग्रेस विवादसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दैमा’, भोलि आदेश आउने सम्भावना

    • ३. होर्मुजबाट पछि नहट्ने इरानको चेतावनी, अमेरिकी कदमप्रति कडा प्रतिक्रिया

    • ४. टिकटकले १७ करोड ५३ लाख २ हजार ८५ भिडियो हटायो

    • ५. कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

    चर्चित
    • १. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • २. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ३. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ४. प्रतिनिधिसभा : समिति सभापतिका लागि शुक्रबार निर्वाचन हुने

    • ५. अमेरिका र इरानबीच फेरि वार्ताको प्रयास

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.