• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अफगान आक्रमणमा अमेरिकाको समर्थन

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन १६, शनिबार १४:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    इस्लामाबाद । अफगानिस्तानमा गरेको हवाई कारबाहीका विषयमा पाकिस्तानले अन्तर्राष्ट्रिय तहमा समर्थन पाएको छ ।

    संयुक्त राज्य अमेरिकाले तालिबान आक्रमणविरुद्ध ‘आफ्नो रक्षा गर्ने पाकिस्तानको अधिकार’ लाई समर्थन जनाएको छ । यसले सीमा क्षेत्रमा बढ्दो सैन्य तनावलाई नयाँ कूटनीतिक आयाम दिएको छ ।

    पाकिस्तानले बिहीबार राति सीमापारबाट भएको आक्रमणको जवाफमा शुक्रबार बिहान अफगानिस्तानभित्र हवाई आक्रमण सुरु गरेको जनाएको छ । पाकिस्तानका सूचना मन्त्रीका अनुसार अपरेसन सुरु भएयता ३७ स्थानलाई हवाई लक्ष्य बनाइएको छ । प्रधानमन्त्रीका प्रवक्ता मुशर्रफ जैदीले ‘आक्रमणप्रति तत्काल र प्रभावकारी प्रतिक्रिया जारी रहेको’ बताएका छन् । रातभर थप आक्रमण भएको विषयमा स्पष्ट पुष्टि नभए पनि कारबाही जारी रहेको संकेत अधिकारीहरूले दिएका छन् ।

    अमेरिकी राजनीतिक मामिलाकी उपविदेशमन्त्री एलिसन हुकरले आफ्नो पाकिस्तानी समकक्षीसँगको वार्तापछि सामाजिक सञ्जालमार्फत पाकिस्तानको आत्मरक्षाको अधिकारप्रति समर्थन व्यक्त गरेका हुन् । यसैबीच तालिबान सरकारले आतंकवादीलाई शरण दिएको आरोप अस्वीकार गर्दै द्वन्द्व समाधानका लागि वार्ताको आह्वान गरेको छ ।

    तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार अफगान सेनाले ५५ पाकिस्तानी सैनिक मारेको र अन्यलाई पक्राउ गरेको दाबी गरेका छन् । भने १३ अफगान सैनिकको मृत्यु भएको बताएका छन् । पाकिस्तानतर्फबाट २९७ अफगान तालिबान लडाकू मारिएको दाबी गरिएको छ । यसअघि इस्लामाबादले आफ्ना १२ सैनिक मारिएको जनाएको थियो । अफगान उपप्रवक्ता हमदुल्ला फित्रतले खोस्त र पक्तिका प्रान्तमा कम्तीमा १९ सर्वसाधारण मारिएको बताएका छन् । दुवै पक्षका दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् ।

    विश्लेषकहरूका अनुसार यसपटक पाकिस्तानले पहिलोपटक अफगान सरकारी संरचनामै हवाई आक्रमण केन्द्रित गरेको देखिएको छ, जुन अघिल्ला कारबाहीभन्दा कडा परिवर्तन हो । दुई देशबीचको सम्बन्ध पछिल्ला महिनामा तीव्र रूपमा बिग्रिएको छ । अक्टोबरको झडपमा ७० भन्दा बढीको ज्यान गएपछि सीमा नाका प्राय: बन्द अवस्थामा छन् ।

    इस्लामाबादले तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) जस्ता समूहहरूलाई नियन्त्रण गर्न काबुल असफल भएको आरोप लगाउँदै आएको छ, जसलाई तालिबानले अस्वीकार गरेको छ । जैदीले सीमा क्षेत्रमा राति ठूलो झडप नभए पनि खोस्त नजिकै पाकिस्तानी चौकीमा आक्रमण भएको जानकारी दिएका छन् ।

    तनाव बढेसँगै चीन, बेलायत, संयुक्त राष्ट्रसंघ, रेडक्रस, इरान, साउदी अरेबिया र कतारले संयमता र वार्तामा फर्कन आह्वान गरेका छन् । जेनेभामा रेडक्रस प्रमुख मिर्जाना स्पोल्जारिकले मानवीय सहायता तयारी अवस्थामा रहेको तर दीर्घकालीन समाधानका लागि राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताएका छन् ।

    गत वर्ष कतार र टर्कीको मध्यस्थतामा भएको युद्धविराम दीर्घकालीन शान्तिमा परिणत हुन सकेको थिएन । हालको घटनाक्रमले दुई छिमेकीबीचको अविश्वास अझ गहिरिएको संकेत गरेको छ । यसको प्रभाव क्षेत्रीय स्थिरतामा पर्ने चिन्ता बढेको छ ।

    Post Views: 98
    प्रकाशित मिति: २०८२ फाल्गुन १६, शनिबार १४:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.