• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इजरायल–इरान युद्ध : खामेनेईलाई सुरक्षित स्थानमा सारियो

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन १६, शनिबार १४:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    तेहरान– इरानमाथि इजरायल र अमेरिकाले संयुक्त रूपमा हमला गरेका छन् । एक अमेरिकी अधिकारीले बताएअनुसार इरानमाथि गरिएको आक्रमण अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीको हिस्सा हो।

    इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको कार्यालय नजिक पनि आक्रमण गरिएको बताइएको छ। इजरायलले इरानको राजधानी तेहरानसहित धेरै शहरमा आक्रमण गरेको छ। यो हमला अमेरिका–इजरायलको संयुक्त सैन्य कारबाहीअन्तर्गत गरिएको हो।

    यस क्रममा इरानी सर्वोच्च नेता खामेनेईको कार्यालय नजिक हमला गरिएको छ। हमलापछि उनलाई सुरक्षित स्थानमा सारिएको छ।

    नेपाली समयअनुसार शनिबार दिउँसो भएको यस आक्रमणपछि शहरहरूमा धुवाँको मुस्लो देखिएको छ। इजरायली डिफेन्स फोर्सले इरानमाथि आक्रमणको पुष्टि गर्दै यसलाई पूर्व–रोकथाम हमला भनेको छ। तेहरानसहित विभिन्न शहरमा विस्फोट सुनिएका छन् र हवाई हमलाका साइरन बजिरहेका छन्।

    हमलापछि इरानले सबै उडान रोक्दै आफ्नो एयरस्पेस पूर्ण रूपमा खाली गराएको छ। उता इजरायलमा पनि एयर अट्याक साइरन बजिरहेका छन्। संवेदनशील क्षेत्र खाली गरिँदै छ, सर्वसाधारणलाई घरमै बस्न अपिल गरिएको छ।

    अमेरिकाले पहिले नै हमलाको चेतावनी दिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानमाथि आक्रमणको चेतावनी दिएका थिए।

    अमेरिकी सेना पहिले नै इरानलाई चारैतिरबाट घेरेको बताइएको छ। यसअघि शुक्रबार अमेरिकाले आफ्ना नागरिकलाई तत्काल इजरायल छोड्न पनि आग्रह गरेको थियो।इजरायलले आफ्नो एयरस्पेस बन्द गर्यो

    इजरायलकी यातायात मन्त्री मिरी रेगेभले सुरक्षा परिस्थितिका कारण देशको हवाई क्षेत्र नागरिक उडानका लागि बन्द गर्ने आदेश दिएको घोषणा गरेकी छन्।

    उनले भनिन्, ु’यात्रुहरूको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो। अर्को सूचना नआएसम्म विमानस्थलतर्फ यात्रा नगर्न जनतालाई अनुरोध छ। विदेशमा रहेका यात्रुहरूले हवाई क्षेत्र खुल्नेबारे जानकारीका लागि सञ्चारमाध्यम र एयरलाइन्ससँग सम्पर्क राखुन् ।’

    सुरक्षा अवस्था सामान्य भएपछि मात्र एयरस्पेस खोलिने र इजरायल आवतजावत उडान पुनः सुरु गरिने उनले बताइन्। उडान पुनः सुरु हुनुभन्दा २४ घण्टा अघि यसको सूचना दिइनेछ।

    Post Views: 113
    प्रकाशित मिति: २०८२ फाल्गुन १६, शनिबार १४:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.