• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन १७, आईतवार १०:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु पछि इरान सरकारले ४० दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएअनुसार शिया इस्लाम परम्परामा मृत्युको ४०औँ दिनलाई अत्यन्त पवित्र मानिने भएकाले सो अवधिसम्म शोक मनाउने निर्णय गरिएको हो ।

    खामेनीको मृत्यु अमेरिका र इजरायलको संयुक्त आक्रमणका क्रममा भएको बताइएको छ । सर्वोच्च नेताको कार्यालयले देशभर राष्ट्रिय शोक अवधि लागू गरिएको, सरकारी भवनहरूमा झण्डा आधा झुकाइने तथा विभिन्न स्थानमा श्रद्धाञ्जली सभाहरू आयोजना गरिने जनाएको छ । यस घटनासँगै इस्लामिक गणतन्त्रको ३७ वर्ष लामो नेतृत्वकालको एउटा अध्याय समाप्त भएको टिप्पणी गरिएको छ ।

    खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेता थिए । उनी इस्लामिक क्रान्तिका संस्थापक अयातोल्लाह रुहोल्लाह खोमेनीका उत्तराधिकारीका रूपमा सत्तामा आएका थिए । उनको नेतृत्वकाल पश्चिमी शक्तिविरुद्धको कडा अडानका लागि परिचित थियो । इरानको सरकारी समाचार संस्थाका अनुसार खामेनी आइतबार बिहान आफ्नै कार्यकक्षमा रहँदा आक्रमणमा मारिएका थिए ।

    आधिकारिक फारसी सामाजिक सञ्जाल खातामा पवित्र कुरआनको एउटा आयत उल्लेख गर्दै उनको निधनलाई राष्ट्रको सार्वभौमिकताका लागि अन्तिम बलिदानका रूपमा चित्रण गरिएको छ ।

    यसअघि इजरायली सञ्चारमाध्यमले इरानी स्रोतलाई उद्धृत गर्दै अमेरिकी–इजरायली आक्रमणमा खामेनीकी छोरी, नाति, बुहारी र ज्वाइँको पनि मृत्यु भएको उल्लेख गरेका थिए ।

    यसबीच इरानका विभिन्न शहरहरूमा केही समूहले उत्सव मनाएको खबर बाहिरिएको छ । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार केही स्थानमा शासनविरुद्ध नाराबाजी गरिएको र सडकमा निस्केर खुसीयाली मनाइएको दृश्य सार्वजनिक भएका छन् ।

    इरानी अधिकारकर्मी तथा पत्रकार मसीह अलिनेजादले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै उक्त घटनालाई ऐतिहासिक क्षणका रूपमा वर्णन गरेकी छन्। निर्वासित युवराज रेजा पहलवीले इरानीहरूलाई एकताबद्ध भई स्वतन्त्र र समृद्ध भविष्यका लागि स्थिर संक्रमणको समर्थन गर्न आह्वान गरेका छन् ।

    उनले वर्तमान शासनले नयाँ उत्तराधिकारी नियुक्त गर्ने प्रयास असफल हुने दाबी गरेका छन् । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनीको मृत्यु भएको दाबी गर्दै यसलाई इरानी जनताका लागि न्यायको संज्ञा दिएका छन् । उनले मध्यपूर्वमा शान्ति स्थापना नभएसम्म लक्षित आक्रमण जारी रहने बताएका छन् । युद्धको अवस्थाबीच नयाँ सर्वोच्च नेता चयन प्रक्रिया चुनौतीपूर्ण हुने अनुमान गरिएको छ । भावी नेतृत्व धार्मिक प्रतिष्ठानको नियन्त्रणमा रहने वा इस्लामिक क्रान्तिकारी सुरक्षा संरचनाको प्रभाव बढ्ने भन्ने विषयले इरानको राजनीतिक भविष्यप्रति चासो बढाएको छ । एएनआई

    Post Views: 46
    प्रकाशित मिति: २०८२ फाल्गुन १७, आईतवार १०:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    होर्मुजमा अमेरिकी नाकाबन्दी: इरानका जहाज फर्काइँदै, तनाव चुलिँदै
    अमेरिका–इरान वार्ताको पहल गर्दै पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा
    मध्यपूर्व युद्धले सन् २०२६ मा विश्व अर्थतन्त्रलाई अस्थिर बनाउने आइएमएफको चेतावनी
    Advertisement
    ताजा अपडेट
    • १. कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

    • २. लेखा समिति सभापतिमा भरत खड्का उम्मेदवार बनाउने काँग्रेसको निर्णय

    • ३. स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)

    • ४. शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

    • ५. रास्वपाद्वारा ११ संसदीय समिति सभापतिका उम्मेदवारको सूची सार्वजनिक

    चर्चित
    • १. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • २. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. प्रतिनिधिसभा : समिति सभापतिका लागि शुक्रबार निर्वाचन हुने

    • ५. प्रधानमन्त्री शाहले आज समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.